काबुलमा चारवटा बम विस्फोट

काबुल, २९ वैशाख । अफगानिस्तानको राजधानी काबुलको ताहिया मास्कान क्षेत्रमा सोमबार बिहान चारवटा बम विस्फोट भएको सुरक्षा अधिकारीहरुले बताएका छन् ।

सुरक्षा स्रोतले उक्त विस्फोटका कारण जनधनको क्षति भएको बारेमा जानकारी प्राप्त नभएको बताएको छ ।

राष्ट्रिय सुरक्षा महानिर्देशनालय (एनडिएस) र सरकारी सवारी साधनहरुलाई लक्षित गरी उक्त विस्फोट गराइएको प्रहरीले जनाएको छ ।

आइतबार राति पनि काबुल नजिकका काहाराही कम्बारी र हूटखिलमा पनि तीन वटा विस्फोट गराइएका थिए । गएरातिदेखि काबुल शहरलाई लक्षित गरी सात वटा विस्फोटका घटना भइसकेका छन् ।

अफगानिस्तानको मुख्य विद्रोही तालिबान समूह समेतका कुनै पनि समूहले ती विस्फोटहरुको जिम्मेवारी लिएका छैनन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति