अमेरिकामा कोरोनबाट ८० हजार भन्दा बढीको मृत्यु, १३ लाख ४७ हजार संक्रमित

काठमाडौं, २८ बैशाख । ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ८० हजारभन्दा बढीको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप १ हजार ४१२ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८० हजार २७ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २४ हजार ९८६ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १३ लाख ४७ हजार ३०९ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये २ लाख ३७ हजार २२ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १० लाख २९ हजार ७२२ जनामध्ये १६ हजार ८१७ जनाको अवस्था गम्भीर रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति