भारतमा कोरोनाबाट संक्रमणबाट १ हजार ९ सय ८५ जनाको मृत्यु

काठमाडौं, २७ बैशाख । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ९८५ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ९६ जनाको मृत्यु भएको छ ।

एकैदिन अरु ३ हजार ३४२ जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ५९ हजार ६ सय ९३ पुगेको छ । उपचार गराइरहेका ३९ हजार ८२१ जनामध्ये १७ हजार ८८७ जना निको भएका छन् । कोराना भाइरसको संक्रमण फैलिने क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुई साताका लागि बढाएको छ । मार्च २४ देखि लकडाउन गरेको भारतले मे ४ देखि लागू हुने गरी थप दुई साताको लागि तेस्रो चरणको लकडाउन गरिसकेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति