नीति तथा कार्यक्रम जेठ २ मा प्रस्तुत हुने, प्रि बजेटमाथि छलफल बैशाख २८ देखि ( कार्यतालिका सहित)

काठमाडौं, २५ बैशाख । आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम संघीय संसदमा जेठ २ गते प्रस्तुत हुने भएको छ। संघीय संसदको संयुक्त बैठकमा सरकारले आर्थिक वर्ष २०७७र७८ को लागि बजेटका प्राथामिकता तथा सिद्धान्त जेठ २ गते पेश गर्ने कार्यतालिका तय गरेको हो। संसद सचिलायका सहप्रवक्ता दशरथ धमलाका अनुसार प्रि बजेट छलफल प्रतिनिधिसभामा तीन दिन र राष्ट्रियसभामा दुई दिने हुने छ। प्रतिनिसभामा बैशाख २८, २९ र ३० गते तथा राष्ट्रियसभामा २८ र २९ गते प्रि बजेट छलफल हुनेछ। त्यस्तै सरकारले आर्थिक सर्वेक्षण जेठ १३ गते पेश गर्नेछ।

जेठ १५ गते बजेट आउने संवैधानिक व्यवस्था भएकाले त्यसको १५ दिनअघि नै प्रि बजेट छलफल गर्नुपर्ने कानुनी व्यवस्था छ।

संघीय संसदको अधिवेशन शुक्रबार दिउँसो ४ बजे सुरु हुँदैछ। कोरोनाबाट बच्न सकेसम्म सुरक्षाका उपाय अपनाएर बैठक चलाउने तयारी संसद सचिलायले गरेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति