नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक स्थगित

काठमाडौं, २४ बैशाख ।  २५ वैशाखमा बस्ने तय भएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक स्थगित भएको छ। आज साँझ अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलपछि बैठक स्थगित गरिएको हो। आजै बसेको सचिवालय बैठकले यसबारे टुंगो नलगाउन सकेपछि दुई अध्यक्षबीच छलफल भएको थियो।

“अध्यक्षद्वयको सहमतिमा हाललाई स्थायी समितिको बैठक नबस्ने निर्णय भएको हो”, प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापा जानकारी दिनुभयो ।

“दुवै अध्यक्षले छलफलपछि आपसी सहमतिमा हाललाई स्थायी समिति बैठक नबस्ने, सरकार अब नीति तथा कार्यक्रम र बजेट निर्माणमा केन्द्रित हुने निर्णय भएको हो”, थापाले भन्नुभयो, “अब बजेटभन्दा अघि स्थायी समितिको बैठक नबस्ने भएको छ।” सरकारले १५ जेठमा संसद्‌मा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ। सचिवालयको बैठक बसिरहँदा प्रधानमन्त्री ओली स्वास्थ्यमा केही असजिलो महसुस गरेर बीचमै निस्कनु भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति