नेपाल कम्युनिष्ट पार्टीको आसन्न स्थायी समिति बैठक अनिश्चित

काठमाडौं, २३ वैशाख । नेपाल कम्युनिष्ट पार्टीको आसन्न स्थायी समिति बैठक अनिश्चित भएको छ। स्थायी समिति बैठकको एजेण्डा तय गर्न बसेको सचिवालय बैठकमा विवाद भएसँगै बिहीबारको बैठक अनिश्चित भएको हो।

यसअघि २० गते बसेको सचिवालय बैठकले २५ गते विहान ११ बजे स्थायी समिति बैठक तय गरेको थियो। बैठकका एजेण्डा तय गर्न बुधबार बेलुका बसेको बैठकमा विवाद बढ्दा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बैठककक्षबाट बाहिरिनुभएको थियो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले शारीरिक तथा अन्य कारणले प्रधानमन्त्री बैठक कक्षबाट बीचमै बाहिरिएको जानकारी दिनुभयो । उहाले स्थायी समितिका विषयमा दुई अध्यक्षबीच छलफल जारी बताउनुभयो । दुई अध्यक्षको छलफलपछि स्थायी कमिटीको बैठक र एजेन्डा टुंगो लाग्छ उहाले भन्नुभयो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति