6 May, 2020 3:48 pm


नेकपाको सचिवालयको बैठक सुरु , स्थायी समितीको एजेण्डा तय गरिने

काठमाडौं, २४ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुृरु भएको छ । दिउँसो तीन बजे प्रधानमन्त्री निवास बालुवाटारमा बसेो बैठकले भोलि बस्ने स्थायी कमिटी बैठकका एजेण्डा तय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकासले जानकारी दिनुभएको छ ।

शनिबार सम्पन्न सचिवालय बैठकका आधारमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँगको परामर्समा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पार्टी माहासचिव बिष्णु पौडेलले बैठकका एजेण्डा तय गर्नु भएको छ । बैठकले एजेण्डा तयार गर्नका लागि अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले जिम्मेवारी सुम्पेको थियो ।सरकार र पार्टीबीचको समन्वय, पार्टी एकताका बाँकी काम, जिम्मेवारी बाँडफाँटलगायतका विषयमा आजको बैठकमा छलफल हुने बताईएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board