4 May, 2020 11:05 am


बाँकेका विभिन्न गाउँ सिल : केन्द्र र प्रदेशबाट प्राबिधिक टोलि आउदै

बाँके, २२ बैशाख । नेपालगञ्जमा एकै टोलका १५ जनासहित १६ जनामा कोरोना संक्रमण पुष्ठि भएपछि सोमबार बाँकेका विभिन्न गाउँ सिल गरिएको छ ।

स्थानीय प्रशासनले नगरका अन्सायियान टोल,डिएसपी रोडको एउटा टोल,एक्लैनि टोल र धम्बोझी तीन दिन अघि देखि नै सिल गरेको छ । सोमबारदेखि खजुरा गाउँपालिका सिल गरिएको छ ।

नेपालगन्जका विभिन्न टोलमा स्थानीयले सिल गरेका छन । कोहलपुर नगरपालिकाले नेपालगन्ज सङ जोडिएको दक्षिणी क्षेत्र बन्द गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशमान श्रेष्ठका अनुसार नेपालगन्जमा हाल संक्रमितको सम्पर्कमा आएका ब्यक्तिको कन्ट्याक्ट् ट्रेसिङ हुदैछ ।

केन्द्र र प्रदेशबाट प्राबिधिक टोलि आउदैछ । पहिलो संक्रमितको सम्पर्कमा आएका ९० जनाको स्वाब संकलन भएकोमा ३५ जनाको आज परीक्षण हुँदैछ । हिजो ५५ जनाको परीक्षणमा १५ कोरोना संक्रमित पहिचान भएको हो । हिजो पुष्टि भएका संक्रमित वडा नम्बर ८ का हुन । १६ जनाको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा उपचार भैरहेको छ । उनिहरुको अवस्था सामान्य रहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board