4 May, 2020 6:57 am


कोरोना भाइरसबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६८ हजार नाघ्यो

काठमाडौं, २२ बैशाख । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९)का कारण अमेरिकामा मृत्यु हुने मानिसको संख्या ६८ हजार नाघेको छ ।

यो समाचार तयार पार्दासम्म थप १ हजार १५३ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६८ हजार ५९७ पुगेको हो ।

पछिल्लो २४ घण्टामा त्यहाँ २७ हजार ३४५ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ११ लाख ८१ हजार ११९ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये १ लाख ७८ हजार २६३ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ९ लाख ४० हजार ४०३ जनामध्ये १६ हजार १३९ जनाको अवस्था गम्भीर रहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board