नेपालगञ्जमा कोरोना संक्रमितको संख्या १६ पुग्यो, आज मात्रै १५ जना थपिए

काठमाडौं, २१ वैशाख ।नेपालगञ्जमा १५ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। यो सहित नेपालगञ्जमा संक्रमितको संख्या १६ पुगेको छ। आइतबार मात्र नेपालगञ्जमा १५ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो।

केही दिनअघि नेपालगञ्ज उपमहानगरपालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।ती ब्यक्तिको कन्ट्याक ट्रेसिङ गरेर ९० जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला लगिएको थियो । तीमध्ये परीक्षण भइसकेको नमुनामा अहिलेसम्म १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार संक्रमण देखिएका व्यक्तिकै सम्पर्कमा आएका व्यक्तिहरुमा कोरोना देखिएको बताइएको छ। संक्रमितको उपचारका लागि खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा कोभिड१९ अस्पताल तयार गरिएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति