3 May, 2020 6:18 pm


ओठ तानी ठूला बनाउने एउटा अचम्मको परम्परा

२१ वैशाख, काठमाडौं ।

अफ्रिकाको दक्षिणी सुडानका सुर्मा जनजातिका महिलाहरुले किशोरी अवस्थामा पुगेपछि ओठ तानी ठूला बनाउने एउटा अचम्मको परम्परा रहि आएको छ।
महिलाहरुको अगाडीका तल्लो दाँतहरु निकालिन्छ । यसले ओठ ठूलो बनाउन राखिने प्लेट मुखमा अटाउनका लागि सजिलो बनाउने हुदा दातहरु सुरुमै हटाउने गर्दछन् ।


ओठलाई परिमार्जन गर्ने परम्परालाई लिप प्लेटका वा ओठ प्लेटका नामले चिनिन्छ । इथियोपियाको मुर्सी र सुरमाका जातिका महिलाहरू, र चाड समुहका सारा र लोबी जाति र मोजाम्बिकका मकन्डे र तान्जानिया समुहले यसो गरेको पाइन्छ । यस परम्परालाई लिप प्लेट, वा लिप डिस्क पनि भनिन्छ । यो परम्परालाइ अफ्रिकामा शरीर समायोजनको एक रूपमा लिइन्छ । ठूला ठूला थाल, मटाका भाडहरु र बिभिन्न काठका गोलाकार भाडाहरु माथिल्लो वा तल्लो ओठ वा दुबैमा प्वालपारी राख्ने गरेको देखिन्छ । यस्ता भाडाहरुले ओठलाई तान्न मद्यत गर्दछ ।


उनीहरुले याी भाडाहरु वर्षै भरी आफ्ना ओठमा राख्ने गर्दछन् । यसले गर्दा ठूला प्लेटहरू ओठमा सम्मिलित हुन जान्छन् र ओठ ठूलो हुन्छ । भनिन्छ, अफ्रिकी महिलाहरुले विवाह अघि यसो गर्नु धेरै राम्रो र मूल्यवान मानिन्छ ।
सर्वप्रथम यो अभ्यास उनीहरूलाई कुरूप देखाउन गरिएको थियो । अरब व्यापारीहरूले दासहरूको खोजीमा उनीहरूलाई लैजाने गर्दथे र यस प्रकारको दास प्रथालाई रोक्न उनीहरूले ठूला ठूला थाल र मटाका भाडहरु आफना ओठमा प्वालपारी राख्ने गरेको इतिहास रहिआएको छ ।


मुर्सी महिलाहरूले छोटो समयको लागि मात्र प्लेटहरू लगाउदछन् । उनीहरू धेरै गह्रौं र अप्ठ्यारो हुनेभएकाले यी जातिले भने कम समय मात्र राख्ने गरेको पँईन्छ । यो विवरणलाई उनीहरुले अस्वीकार गरे पनि वास्तबिकता यहि भएको पाइएको छ । यी प्लेटहरू मानिसहरुको सामाजिक स्थिति वा स्तर को प्रतीक तथा अभिव्यक्ति हो भनिन्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board