देशको सर्वाङिण विकासकालागि सूचना तथा संचार माध्यमको महत्वपूर्ण भुमिका – सञ्चार मन्त्री खतिवडा

 

काठमाडौं, २१ बैशाख । प्रविधिको क्षेत्रमा लगानी गर्न अर्थ तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले सबैलाई आग्रह गर्नुभएको छ । मन्त्री खतिवडाले शनिबार परेको तेस्रो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अव

रमा शुभकामना सन्देशमार्फत देशको सर्वाङिण विकासकालागि सूचना तथा संचार माध्यमको महत्वपूर्ण भुमिका रहने बताउनुभयो ।
‘आजाको युगमा प्रविधिको सहयोग विना देशको विकास सम्भव छैन,’ मन्त्री खतिवडाले जारी गरेको सुभकामना सन्देशमा लेखिएको छ, ‘पारदर्शितालाई पूर्णरुपमा कार्यान्वयन गर्न तथा भ्रष्टचार मुक्त र चुस्त प्रशासनमार्फत छिटो छरितो एंव लागत प्रभावी सेवाप्रवाह गर्नका लागि सूचना प्रविधिको प्रयोग प्रभावकारी भइरहेको छ । यस्तोमा यो क्षेत्रको विकाश आवश्यक छ ।’

मन्त्री खतिवडाले सरकाले पनि सुचना प्रविधिमार्फत देशभर सुशासन, दिगो विकास एवं गरिवी न्युनीकरणका लक्ष्य प्राप्तीको लागि डिजिटल नेपाल फ्रेमवर्क पाँच वर्षभित्र पूर्णरुपमा लागु गर्न सक्रियताका साथ कार्यक्रम लागु गरिरहेको समेत बताउनुभएको छ ।
सुचना प्रविधिको क्षेत्रमा लगानी वातावरण सुधार गर्न सरकाले कानूनहरुको निमार्ण एवं संशोधन गरिरहेको बताउँदै मन्त्री खतिवडाले विश्व परिवेशमा जस्तै नेपालमा पनि यो क्षेत्रमा अघि बढ्न सरकारसँग सहकार्य गर्न व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति