अमेरिकामा कोरोना भाइरसबाट ६५ हजार मानिसको मृत्यु

काठमाडौं, २० वैशाख । ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ६५ हजार नाघेको छ ।

शनिवार विहान सम्ममा थप १ हजार ८९८ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६५ हजार ७५३ पुगेको हो ।

पछिल्लो २४ घण्टामा त्यहाँ ३६ हजार ९ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ११ लाख ३१ हजार ३० पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये १ लाख ६१ हजार ५५१ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ९ लाख ३ हजार ७१४ जनामध्ये १६ हजार ४८१ जनाको अवस्था गम्भीर रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति