23 April, 2020 9:53 am


लकडाउनको बेलामा घरेलु हिंसाका घटनामा बृद्धि, (भिडियोसहित)

 

काठमाडौं, ११ बैशाख । कोरोना भाइरस संक्रमणको महामारी रोक्न लकडाउन भईरहँदा घरेलु हिंसाका घटनामा निरन्तर बृद्धि भइरहेको छ । तर हिंसा पिडितहरु उजुरबाजुर एवम् अन्य प्रक्रियाका लागि सम्बन्धित निकायसम्म पुग्न नसकिरहेको कारण सरोवालाहरु थप चनाखो हुनुपर्ने खाचो औंल्याइएको छ ।

सामान्यतया सामाजिक, आर्थिक एवम् विविध कारणवश विशेषतः घरपरिवार एवम् समाजका कमजोर वर्गहरु हिंसामा परिरहेका हुन्छन् । अहिले त झन् कोभिड–१९ को महामारीका कारण न्याय पहिल्याउने मानव अधिकारकर्मी, संघ, संगठन, सुरक्षा निकाय सबै नै लकडाउनमा छन । तथापि, यस्तो समयमा राष्ट्रिय मानव अधिकार आयोग जस्ता संस्थाहरु भने लकडाउन हुन नसक्ने आयोगका सदस्य मोहना अन्सारी बताउनुहुन्छ । महामारी, प्रकोप लगायतका संकटहरुमा मानव अधिकार हनन्का विषयहरु थप उठ्ने गरेको अन्सारीको भनाई छ ।

त्यसो त उपत्यका र नुवाकोटमा मात्रै हटलाईनका सम्पर्क नम्बरहरुमा सेवा उपलब्ध गराउदै आएको महिला आयोगले अहिले देशैभरका लागि ११४५ नम्बरको हटलाईन नम्बर सार्वजनिक गरेको छ । लकडाउनको झण्डै १ महिनाको अवधिमा ४ सय ३८ वटा कलहरु आएको महिला आयोगले जनाएको छ ।

विशेषगरी कुटपिट, खानलाउन नदिएको, गर्भवती महिलाहरुलाई श्रीमानले छाडेको, बोक्सीको आरोप लगाईएको र जसमा २ वटा चाही जबरजस्तीकरणी र लकडाउनका कारण डेरामा बस्न नदिईएको यस्ताखाले समस्याहरु आईरहेको आयोगका सचिव शान्ता अधिकारी भट्टराईले बताउनुभयो ।

तर, यस्ता घटनाहरु घटिरहदा सुरक्षा दिने एवम् सम्बन्धित निकायहरुले भने अहिले महामारीको समयमा तपाईहरु घरमै मिलेर बस्नुस् भनेर त्यत्तिकै पठाईने गरिएकोप्रति मानवअधिकारकर्मीहरुको ध्यान गईरहेको छ । यो समयमा सुरक्षा र संरक्षण खोजिरहेका पिडितहरुको न्यायोचित व्यवस्थापन हुनुपर्ने अधिकारकर्मी अन्सारी बताउनुहुन्छ ।

अझै पनि विशेषगरी कतिपय महिला र बालबालिकाहरु आफू हिंसामुक्त परिवार वा समाजमा छु या छैन भन्ने विषयमा अनविज्ञ छन् । तर पनि यो समयमा सेल्फ अर्थात् होम क्वारेनटाईनमा आफ्नो पारिवार र समाजमा मिलेर बस्नुको अर्को विकल्प पनि छैन । यसर्थ, लकडाउनलाई पारिवारिक एवम् सामाजिक मेलमिलाप वृद्धि गर्ने माध्यमको रुपमा सदुपयोग गर्न अधिकारकर्मीहरुको सुझाव छ । परिवारका कामहरु महिला, पुरुष सबैले मिलेर गरेर, नया“–नया“ कामहरु सिकेर अहिलेको लकडाउनलाई सिर्जनशिल बनाउन सकिने उनीहरु बता“उछन् । र सबैले नै यतिबेला होम कवारेन्टाईनमा बसी कोरोनाविरुद्ध लडिरहेको बेला यस्ता क्वारेन्टाईन लगायत सबै क्षेत्रमा सबैले स–सम्मान बा“च्न पाउने अधिकारको सुनिश्चितता गर्न सम्बन्धित निकायहरुले आवश्यक भूमिका खेल्न पनि उनीहरुले आग्रह गरेका छन् ।

सामान्य अवस्थामा समेत हिंसामा पर्दै आईरहेकाहरु महामारी, प्राकृतिक प्रकोप लगायतका संकटहरुमा थप हिंसामा पर्ने गरेको विभिन्न तथ्यांकहरुले देखाईरहेको छ । पक्कै पनि हो, यो अवस्थामा वैकल्पिक रोजगार नहु“दा र कुलत लगायतका विभिन्न विसंगतिहरु बढ्ने जोखिम पनि उत्तिकै छ । जसको मारमा भने परिवार र समाजका कमजोर वर्गहरु नै पर्ने गरेका छन् । भोलीका दिनमा गम्भिर प्रकृतिका दुर्घटनाहरु निम्तन नदिनका लागि आजकै दिनमा यस विषयमा सबैको ध्यान जान आवश्यक छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board