23 April, 2020 9:37 am


उदयपुरमा २७ जना कोरोना संक्रमित पुष्टि भए संगै समग्र जिल्लाकै जनजीवन प्रभावीत (भिडियोसहित)

काठमाडौं, ११ बैशाख ।  कोरोना भाइरस कोभिड–१९को तीव्र वन्दै जादा मुलुकभर यसको सन्त्रासले सताएको छ । उदयपुरमा बुधवार एकैदिन पुन ३ जना सहित २७ जना कोरोना संक्रमित पुष्टि भए संगै समग्र जिल्लाकै जनजीवन प्रभावीत वनेको छ ।

उदयपुरको त्रियुगा नगरपालीकाका थप तीन जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुरको भुल्केमा यसअघि पनि २४ जनामा कोरोना भाइरस संक्रमित देखिएको र त्यस आसपासका अन्य नागरिकको स्वाब परिक्षणकालागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको र त्यहाँ पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुधवार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा थप तीन जनामा कोरोना भाइरस संक्रमण देखिएको पुष्टि गरेसंगै प्रदेश १मा कोरोना भाइरस संक्रमितको संख्या २७ पुगेको छ ।

यता तीव्र रुपमा आफ्नो नगरपालीकामा कोरोना संक्रमित बढेसंगै उदयपुर स्थित त्रियुगा नगरपालीकाका नगर प्रमुखले भने कोरोना भाइरसको इपीसेन्टर त्रीयुगा बन्न लाग्दा समेत संघीय सरकार र प्रदेश सरकारले चासो नदेखाएको बताउनु भएको छ । कोरोना संक्रमित दिनानु दिन बढ्दै जादाँ सरकारले विशेष टोली ,अस्थाई क्याम्प सहित कोरोना भाइरस संक्रमितलाई उपचार गर्ने अस्पताल निमार्ण गर्नुपर्नेमा सरकारले अझैसम्म त्यो कुरामा ध्यान नदिएको पनि नगर प्रमुख बलदेव चौधरीले बताउनु भयो ।

कोरोना भाइरस संक्रमित सबै त्रीयुगा नगरपालीका बडा नम्वर ३ का नागरिक र केहि भारतीय नागरीक रहेका छन । यता कोरोना भाइरसको संक्रमित बढ्दै जादाँ जनजीवन प्रभावित बन्दै गएको बडा नम्वर ३का बडा अध्यक्ष अबधेस कुमार चौधरीले पनि जानकारी दिनु भयो । बडा अध्यक्ष चौधरीका अनुसार बडामा कोरोना भाइरसको त्राशले सबै बडा बासी पीडित रहेको र कोहि पनि घरबाट बाहिर ननिक्लीएर पुर्ण रुपमा लकडाउनको पालना गरेको बताउनु भयो । यता नगर प्रमुख बलदेव चौधरीले भने क्वारेन्टाइनको पनि उचित व्यवस्था नभएको, भ्यान्टीलेटर सहितको आकास्मीक कक्ष सहितको अस्पताल पनि नभएको भन्दै संघीय र प्रदेश सरकारलाई ध्यानार्कसण सहित प्रेश वक्तव्य पनि जारी गरेकोे जानकारी दिनुभयो ।

केहि दिन देखि नेपालमा पनि तीव्र रुपमा कोरोना भाइरस कोभिड–१९ संक्रमितको संख्या बढ्दै जादाँ समग्र मुलुक नै प्रभावित बनेको छ । यसर्थ सरकार र विज्ञहरुको टोलीले यथासिघ्र अक्त स्थानमा आवस्यक स्वास्थ्य उपकरण र पुर्वाधार सहित छिटो भन्दा छिटो सबै नागरिकको पिसिआर परिक्षण गर्नु आवश्यक छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board