6 March, 2020 11:34 am


चिकित्सकको सुरक्षाको ग्यारेन्टी नभएसम्म काममा जान नसक्ने चेतावनी (भिडियोसहित)

काठमाडौं, २३ फागुन । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा खटाईएका चिकित्सकहरुले सुरक्षाको कारण देखाउँदै शुक्रबारदेखि काममा नजाने बताएका छन् । चिकित्सकहरुको सुरक्षार्थ कुनै पनि व्यवस्था नगरि कोरोना परिक्षण एवं सर्तकताका लागि खट्न सरकारबाट निर्देशन आएको भन्दै चिकित्सकको सुरक्षाको ग्यारेन्टी नभएसम्म काममा जान नसक्ने चेतावनी दिएका छन् ।

सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा खटाएका चिकित्सकहरुले सुरक्षाको कारण देखाउँदै शुक्रबारदेखि काममा नजाने जनाएका छन । नोवेल कोरोना भाइरसका संक्रमित हालसम्म नेपालमा नदेखिए पनि स्वदेशी तथा विदेशी नागरिकहरुबाट नेपालमा संक्रमण फैलिन सक्ने भन्दै विमानस्थलमा विदेशबाट आउने यात्रुको विशेष चेकजाँच हँुदै आएको छ । सरकारले विमानस्थलमा काम गर्न जाने चिकित्सकहरुको सुरक्षार्थ केहि पनि नसोचि मन्त्रीको आदेश भन्दै विमानस्थल जानुपर्ने फोन आएको चिकित्सक डाक्टर सन्तोष उपाध्यायले गुनासो राख्नुभयो । दैनिक पारिश्रमिक पनि निकै कम भएको कारण शुक्रबारबाटै काममा नजाने जानकारीसहित स्वास्थ्य विभागमा पत्र पठाउने डाक्टर उपाध्यायको भनाइ छ ।

विमानस्थल आफैमा संवेदनशील क्षेत्र हो । दैनिक हजारौं स्वदेशी तथा विदेशी विमानस्थल हुदै नेपाल भित्रिने र बाहिरीने गर्दछन । चिकित्सकहरुको काममा नजाने निचोडसंँगै अझ बढि त्रास पैदा भएको छ । यता सरुवा रोग निवारण महाशाखा टेकुका निर्देशक डाक्टर वासुदेब पाण्डेले कोरोना भाइरसको महामारीले त्रसित बनाएको अबस्थामा सबै मिलेर जानुपर्ने र चिकित्सकहरुको समस्या बुझी राज्यले सम्बोधन गर्ने भन्दै यथावत् रुपमा काममा लाग्न अनुरोध गर्नुभएको छ । डाक्टर पाण्डेले राष्ट्रमा संकट पर्दा सबैले जुटेर समस्याको निबारण गर्नुपर्ने बताउनुभयो । हाल विश्वका ८० देशमा फैलिइसकेको कोरोना भाइरसले ३ हजार १ सय ९९ जनाको ज्यान लिसकेको र ९३ हजार १ सय ६४ जनामा संक्रमण देखिए पनि नेपालमा भने बिहिबारसम्म कसैमा पनि कोरोना संक्रमण नदेखिएको बताउनुभयो ।

विश्व स्वास्थ्य संगठनले नेपाल लगायत उत्तर पुर्वी एशियाली ११ मुलुकहरुमा कोरोना संक्रमणको जोखिम उच्च रहेको जनाएपछि नेपालमा त्राश अझ बढेर गएको छ । डाक्टर पाण्डेले नागरीकहरु सचेत रहनु पर्ने भएता पनि आत्तीइ हाल्नुपर्ने अबस्था भने नरहेको बताउनु भएको छ । नेपालमा कोरोना संक्रमणको आशंकामा ४ सय ३३ जनाको परीक्षण गर्दा चीनको उहानबाट नेपाल आएका एकजना विद्यार्थीबाहेक अरु कसैलाई संक्रमण नभेटिएको र ती एकजना पनि उपचारबाट स्वस्थ भइ घर फर्किसकको डाक्टर पाण्डेले बताउनुभयो । कोरोना भाइरसले ७०–८० बर्ष पुगेका जेष्ठ नागरिकहरु र दिर्घ रोगीहरुमा छिटो असर गर्ने हँुदा उनीहरुलाई बढी हेरबिचार गर्नुपर्ने बताउनु भयो ।

कोरोना भाइरस मानिसदेखि मानिसमा सर्ने भाईरस हो । अहिलेसम्म चीन बाहिरमात्र ११ देशमा गरी २ सय १५ जनाको मृत्यु र १२ हजार ७ सय ४२ जनामा संक्रमण भैसकेको छ । यता नेपाल चिकित्सक संघले पनि राष्ट्रिय समस्याको रुपमा रहेको कोरोना भाइरससंग जुध्न सरकारलाई सहयोग गर्ने बताएको छ । संघले सामाजिक संजालमा आएका कति कुरा अस्पष्ट र अतिरञ्जित हुनसक्ने हुँदा नागरिकमा कोरोना सम्वन्धी तथ्यसत्य कुरा सहितको सचेतना दिन र कोरोना भाइरसको उपचार र चेकजाँच गर्ने चिकित्सकहरुको सुरक्षार्थ सरकार लाग्नुपर्ने सुझाव समेत दिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board