2 March, 2020 6:34 pm


प्रधानमन्त्री ओलीको भिडियो सन्देश : मिर्गौला प्रत्यारोपणपछि थप उर्जा लिएर काममा फर्किने छु

काठमाडौं, १९ फागुन  । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू थप उर्जा र आत्मविश्वास लिएर अस्पतालबाट फर्किने बताउनुभएको छ ।
अस्पताल जानुअघि प्रधानमन्त्रीले भिडियो सन्देश जारी गर्दै आफ्नो स्वास्थ्य अवस्थाबारे ढुक्क हुन सबैलाई अपिल गर्नुभएको हो । उहाले आफू मिर्गौला प्रत्यारोपण गरेर चाँडै स्वस्थ भएर नियमित काममा फर्कने विश्वास व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आफू थप उर्जा र आत्मविश्वास लिएर अस्पतालबाट फर्किने बताउनुभयो ।

प्रधानममन्त्र िओलीले आफ्नै देशका अनुभवी चिकित्सकद्वारा गरिने मिर्गौला प्रत्यारोपणको सुविधा प्राप्त हुदा गर्व लागेको बताउनुभयो । उहाले विज्ञान, आधुनिक प्रविधि, ज्ञान र सीपले मिर्गौला प्रत्यारोपण अहिले, पहिलेजस्तो जटिल मानिँदैन। यसपटकको मृगौला प्रत्यारोपण त्यसैले पनि तुलनात्मक रूपमा सजिलो हुने विश्वास लिएको पनि बताउनुभयो । उहाले आजभन्दा झण्डै १२ वर्ष अघि दुबै मिर्गौलाले काम गर्न छोडेपछि २०६४ साउनमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गराएको अनुभव सुनाउदै त्यतिबेला नेपालमा मिर्गौला प्रत्यारोपणको सुविधा नभएको स्मरण गर्नुभयो । आगामी फागुन २१ गते बुधबार फेरि मिर्गौला प्रत्यारोपण गराउने उहाले जानकारी दिनुभयो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board