20 February, 2020 2:40 pm


सीजी सिमेन्ट र स्थानीयबासिन्दाबीच तनाब बढ्दै : माग पुरा नभए उद्योग पुनः बन्द गराउने चेतावनी (भिडियोसहित)

 

पाल्पा, ८ फागुन ।  सिजी सिमेन्ट उद्योगका कर्मचारीले दादागिरि देखाएको र जथावाबी फोहर गरेको आरोपमा स्थानीय बासीले पाल्पाको सीजी सिमेन्ट उद्योगमा चारदिनसम्म तालावन्दी लगाए । तालावन्दी गएराति १ बजेदेखि खोलिएको छ ।

पाल्पाको रैनादेवी छहरा २ सोमादी सर्देवामा सिजी सिमेन्ट उद्योग रहेको छ । यो उद्योगले वातावरण प्रदुषण गराएको भन्दै स्थानीय जनताले उद्योगमा तालावन्दी गरे । उद्योगको काम चारदिनसम्म ठप्प भयो । आफ्ना माग पुरा नगरेको भन्दै स्थानीयबाट तालाबन्दी गरिएपछि उद्योगको सबै काम बन्द भयो । निर्माण कम्पनी भारतीय आयुके र सिजी सिमेन्ट उद्योगको प्रशासनमा स्थानीय बासिन्दाले तालाबन्दी गरेका थिए । गए राती सरोकारवाला निकाय र कम्पनीबीच स्थानीयका माग पुरा गर्न सहमति भएपछि ताला खुलेको छ ।

विशेषगरी स्थानीयबासिन्दाले उद्योगले वातावरण प्रदुषण गराएको विषयलाई गम्भीर ढंगले उठाएका छन् । सुन्दर पहाडको बीचमा रहेको गाउंमा यसअघि कहिल्यै धुलो धुंवा देखिंदैनथ्यो । तर, जब सिमेन्ट उद्योगको काम सुरु हुन थाल्यो, धुंवा धुंलोले आकाश देखिन छोड्यो । उद्योगमा ओहोरदोहोर गर्ने ट्रिपरले सडक बिगारेको, तिब्र गतिमा ट्रिपर चलाउंदा दुर्घटना बढ्ने डर भएको स्थानीय बासिन्दा बताउ.छन् । अझ, निर्माणमा संग्न भारतीय कम्पनी आईयुके कामदारले जथाभावी फोहोर गरेर वातावरणीय प्रदुषण बढाएको आरोप स्थानीयको छ ।

यो विवाद विगतदेखि पनि उठ्दै आएको थियो । केही दिनअघि पनि यही विषयमा स्थानीय बासिन्दा, जनप्रतिनिधि, कम्पनीबीच छलफल भएको थियो । समिति निर्माण गरेर वार्ता गर्ने र समस्या समाधान गर्ने भन्ने निष्कर्षमा पुगेको थियो । उद्योगले स्थानीयलाई काम दिने वाचा पनि गरेको थियो । तर, कुनै वाचा पुरा नगरेको अर्का स्थानीयबासि दिपक पान्डे बताउंछन् । बाईट…दीपक पाण्डे, स्थानीयबासिन्दा
त्यसो त, गाउंमा ठूलो उद्योग खुल्दा गाउंको आर्थिक विकास हुने विश्वास स्थानीय जनतामा नहुने कुरै भएन । गाउंका युवा समेत रोजगारी पाउनेमा विश्वस्त थिए । तर कम्पनीले आजसम्म कुनै पनि युवाले रोजगारी नपाएको स्थानीय युवा क्लबका अध्यक्ष राजु पोखरेल बताउंछन् ।

स्थानीय बासिन्दासंग भएको विवादबार हामीले कम्पनीका महाप्रबन्धक कल्याण पन्तसंग बुझेन प्रयत्न गरेका थियौं । तर पन्तले यसविषयमा प्रतिक्रिया दिनै चाहेनन् । निमार्णाधीन अबस्थामा रहेको सीजी सिमेन्ट उद्योगले स्थानीय जनताको खेतमा सिचाई गर्ने कूलो समेत पुरेको छ । कुलो पुरिएछि दुई साता अघि पनि स्थानीय बासिन्दा र कम्पनीबीच विवाद भएको थियो । पछि उद्योगले कुलो बनाइदिने वचन दिएको थियो ।
चौधरी ग्रुपले रैनादेवी छहराको सोमादी सर्देवामा सिमेन्ट उद्योग स्थापना गर्न झण्डै ५ सय रोपनी जग्गा खरिद गरिसकेको छ । यस्तै रिब्दीकोट गाउ“पालिका–२, देउरालीको डम्बकमा समेत ३ सय ८० रोपनी जग्गा खरिद गरेर राखेको छ ।

 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board