12 February, 2020 1:11 pm


नागरिक र स्वास्थ्यकर्मी जिम्मेवार बने सबैका लागि गुणस्तरीय स्वास्थ्य उपचार सम्भव (भिडियोसहित)


काठमाडौ, २९ माघ । पछिल्लो केही दशकयता तुलनात्मक रुपमा देशको स्वास्थ्य सेवा प्रणाली सुधारोन्मुख रहेको विभिन्न तथ्यांकले देखाएको छ । ग्रामीण र सुदुर भेगमा स्वास्थ्य संस्था स्थापना तथा स्वास्थ्य सेवाको पहुचमा पनि संख्यात्मक रुपमा वृद्धि भइरहेको छ । तर, सर्वसुलभ रुपमा आम नागरिकले पाउनुपर्ने गुणस्तरीय स्वास्थ्य सेवाको पहु“च भने अझै न्यून छ । फलस्वरुप अपूर्ण र अपरिपक्व स्वास्थ्य उपचारका कारण आम नागरिकले विभिन्न जटिलता भोग्दै आएका छन् ।

धेरै पर नजाऔं, केही दशक अघिसम्मै हो, झाडाबान्ता होस् या गम्भिर प्रकृतिका रोगहरु, धूप, अक्षेता, कालो बोका र कुखुरा बोकेर भूतप्रेत मन्साउन धामीझा“क्रीकहा“ जाने गरिन्थ्यो ।

यो चलन ग्रामीण क्षेत्रमा अधिक रहे पनि शहरी क्षेत्रमा समेत यस्ता घटना यदाकदा भेटिन्छ । पूर्वजन्मको पाप र बोक्सी जस्ता अन्धविश्वासका कारण कयौं मानिसले ज्यान मात्रै गुमाएनन्, यसको नकारात्मक असर धार्मिक र सामाजिक क्षेत्रमा नराम्रोस“ग गढ्यो । यसैकारण पनि होला, १५–२० दशक अघिसम्म नेपालीको औसत आयु पुरुषको ४८ वर्ष र महिलाको ५२ वर्ष थियो ।

स्वास्थ्य उपचारको सेवा विस्तार र जनचेतना विकासकै एउटा उपलब्धि हो, अहिले यो आयु बढेर पुरुषको ६८ र महिलाको ७२ वर्ष पुगेको धुलिखेल अस्पतालका प्रमुख डाक्टर रामकण्ठ मकाजु बताउ“छन् । स्वास्थ्य संस्थाको स्थापना र संचालन व्यवस्थापनको अधिकार संघीयतापछि स्थापित ७५१ वटा स्थानीय सरकारमा विस्तार भएको र यसले स्वास्थ्य क्षेत्रमा पनि थप टेवा पु¥याईरहेको डाक्टर मकाजुको ठहर छ । यद्यपी सबै नेपालीले सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य उपचार पाउन सकेका छैनन्, यसतर्फ सबैले जिम्मेवार भएर काम गर्नुपर्ने उनको भनाई छ ।

त्यसो त धुलिखेल अस्पतालले पनि छोटो समयमै प्रसिद्धि कमाईसकेको छ । अस्पताल स्थापनाको ३ वर्षमै डाक्टर मकाजुले आफ्नो बुवाको मृगौलाको उपचार पनि यही अस्पतालमा गराएका थिए । झण्डै १५ वर्ष अगाडि नै आमा सुरक्षा कार्यक्रम मार्फत अस्पतालले गर्भवती महिलाहरुको लागि जम्मा ४५० रुपैंया शुल्कमा ९ महिनाको स्वास्थ्य जा“च, डेलिभरी र भर्खर जन्मिएको शिशुलाई १ जोर नया“ लुगा समेतको प्याकेज बनाएको थियो । हाल छिमेकी मुलुक चीनमा फैलिरहेको कोरोना भाईरसबाट हजारभन्दा बढीले ज्यान गुमाईसकको र यसको असर अन्य मुलुकमा समेत परिरहेको अवस्थामा यसै कोरोना भाईरसप्रति गम्भिर हु“दै अस्पतालले आफ्नो तर्फबाट अध्ययन गरिरहेको छ । त्यस्तै आईतबारबाट पहिलो पटक दुर्घटना, हत्या लगायत विविध कारणवश ज्यान गुमाएकाहरुको पोष्टमार्टम् गर्ने ओटोप्सी प्रणाली पनि सुरु गरिसकेको छ । गुणस्तरीय सेवाका लागि सरकारको मुख ताक्नुभन्दा प्राज्ञ तथा स्वास्थ्यकर्मीहरु स्वयम् जिम्मेवार बन्नुपर्ने डाक्टर मकाजुको धारणा छ ।

हुन त, एक नागरिकलाई आफ्नो स्वास्थ्यबारे स्वयम् आफैं सचेत र जानकार हुन आवश्यक छ । नेपालको संविधान २०७२ को धारा ३५ का विभिन्न उपधाराहरुमा पनि आधारभूत स्वास्थ्य सेवा निःशुल्क रुपमा आमनागरिकले पाउनुपर्ने तथा आकस्मिक स्वास्थ्य सेवाबाट कसैलाई पनि वञ्चित नगरिने व्यवस्था सुनिश्चित गरेको छ । यस्तै आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा हरेक जानकारी राख्ने र सेवामा समान पहु“च राख्ने हक संविधानले प्रदान गरिसकेको छ । तर पनि, गुणस्तरीय स्वास्थ्य उपचारको अभावमा सर्वसाधारणले यो वा त्यो रुपमा विभिन्न समस्या खेपिरहेका छन् । यहा“सम्म कि, डाक्टरले लेखिदिएको औषधी किन्न र खान नजानेकै कारण पनि कयौं बिरामीहरु थप बिरामी परिरहेका छन् । औषधि बेच्ने फार्मेसीहरुले पनि औषधिबारे राम्रोस“ग बुझाएर मात्रै बिरामीहरुलाई सेवन गर्न लगाउनुपर्ने एक चिकित्सक सुझा“उछन् ।

प्रचारात्मक तथा नाफामुखी रुपमा च्याउसरी उम्रिएका स्वास्थ्य संस्थाहरु नागरिकको स्वास्थ्यप्रति कतिको संवेदनशील छन् त ? भन्ने प्रमुख प्रश्न हो । हुन त, क्षमताअनुरुपको स्तरीय स्वास्थ्य उपचार हरेक नागरिकले पाउनुपर्छ तर यसो भन्दैमा पहु“चबिहीनहरु पनि आर्थिक लगायत विभिन्न समस्याका बाबजुद गुणस्तरहिन स्वास्थ्य सेवामै रुमलिने र अन्तमा ज्यानै गुमाउनुपर्ने वाध्यात्मक अवस्था पनि अन्यायपूर्ण हुन्छ । यसर्थ, आम सर्वसाधारणको स्वास्थ्य हितका लागि संख्यात्मक रुपमा वृद्धि भएको स्वास्थ्य संस्थाहरुको स्तर र गुणस्तर पनि विकास हुन जरुरी छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board