3 February, 2020 12:00 pm


सामाजिक सञ्जालमा नेपाली विज्ञापन गर्न रोक लगाएको निर्णयप्रति सरोकारवालाहरु सकारात्मक (भिडियोसहित)


काठमाडौं, २० माघ । नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र युट्युवलगायतमार्फत नेपाली उत्पादनको विज्ञापन गर्न रोक लगाएको निर्णयप्रति सरोकारवालाहरु सकारात्मक देखिएका छन् । तर यो निर्णयको प्रभावकारी कार्यान्वयनका लागि सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई नेपालमै दर्ता गरेर सञ्चालनमा ल्याउनु जरुरी रहेको उनीहरुको मत छ ।

सामाजिक सञ्जाल र अनलाइनमार्फत गरिने विज्ञापनको भुक्तानी बैंकिङ प्रणालीबाहिरबाट गइरहेको भन्दै नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले बिज्ञापनको भुक्तानीसम्बधी नियमन गर्ने तयारी सुरु गरेको छ । सामाजिक सञ्जाल र इन्टरनेटमार्फत गरिने विज्ञापनको भुक्तानी अनौपचारिक माध्यमबाट गरे गैरकानुनी हुने भन्दै फेसबुक, ट्विटर, युट्युबजस्ता सामाजिक सञ्जाल तथा इन्टरनेटमार्फत् गरिने विज्ञापनबापत अनौपचारिक माध्यमबाट विदेशमा पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने कार्य भएको भन्दै बैकले त्यस्तो कार्य गर्नेलाई कानुनी दायरमा ल्याउने तयारी थालेको हो । नेपाल राष्ट्र बैकका अनुसार सामाजिक सञ्जालमा हुने विज्ञापनलाई व्यवस्थित र नियमन गर्नका लागि निति ल्याईएको जनाएको छ ।

नेपालमा वार्षिक झन्डै १२ अर्ब रुपैया बराबरको विज्ञापनको बजार मध्ये २० प्रतिशत भन्दा बढि सामाजिक सञ्जालमार्फत हुने विज्ञापनमा खर्च हुने गरेको अनुमान गरिएतापनि यकिन तथ्याङ कसैसंग छैन । राष्ट्र बैकंले ल्याएको नितिप्रति बिज्ञापन व्यवसायीहरु भने सकारात्मक छन । तर सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई नेपालमै दर्ता गरेर सञ्चालनमा ल्याउन सक्ने हो भने यो निर्णय कार्यान्वयनमा समेत सहज हुने बताउछन ।

राष्ट्र बैकले समाजिक सञ्जालमा हुने बिज्ञापनलाई पारदर्शि बनाउनका लागि ल्याएको नितिले अहिले अनौपचारिक माध्यमबाट सामाजिक सञ्जालमा विज्ञापनमार्फत खर्च गरिने ठूलो रकम रोकिने अपेक्षा गरिएको छ । पछिल्लो समय सामाजिक सञ्जालमा विदेशमा बस्ने आफन्त, साथीभाइ वा कम्पनीमार्फत विज्ञापनको रकम भुक्तानी गराउदा नेपाली पैसा नेपाली रकम गैरकानुनी रुपमा नेपाल बाहिरिने गरेको छ । तर सञ्जालमार्फत जाने पैसा नेपालबाट नगएर बिदेशबाट कारोबार भएको देखिन्छ । समाजिक सञ्जालमा गरिने बिज्ञापनको भुक्तानीको सहज नभएको कारण समस्या देखिएको छ ।

इन्टरनेट मार्फत साना उद्योगीदेखि ठुला व्यवसायीले गर्ने बिज्ञापनले अर्बै रुपैया अबौधानिक रुपमा बाहिरी रहेको थियो । सरकारले ढिलौ भएपनि समाजिक सञ्जालमार्फत हुने बिज्ञापन रोक्दा नेपाल भित्रिने बिदेशी मुद्रा बृद्धिको साथै घट्दै गएको रोमिटान्स समेत बढ्न सहयोग पुग्ने देखिन्छ । सामाजिक सञ्जालमा हुने बिज्ञापनले अब नेपालकै बैकिङ च्यालनमार्फत गर्दा शोधानान्तर घाटा समेत कम हुने देखिन्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board