3 February, 2020 11:53 am


धनुषाको विद्यालयमा गाईंभैंसी, चौरमा विद्यार्थी (भिडियोसहित)

धनुषा, २० माघ ।  विद्यालय भन्ने ज्ञान आर्जन गर्ने पाठशाला भन्ने बुझिन्छ । तर धनुषामा एक यस्तो विद्यालय छ, जहा  कक्षाकोठा भित्र पढाइ होइन गोरु भैंसी लगायतका घरपालुवा जनावर बा“ध्ने गरिएको छ । यो विद्यालय हो कि गोठ हो भन्ने छुट्याउनै हम्मे हम्मे पर्ने गरेको छ ।

यो भवन एउटा सामुदायिक विद्यालयको हो । यस विद्यालयमा थुप्रै कक्षाकोठाहरु छन् तर, यहा“ विद्यार्थी चौरमा अध्ययन गर्छन भने कक्षाकोठामा गाइभैसिहरु बाध्ने गरिन्छ । यतिमात्रै होइन गाउ“मा कसैको विवाह, ब्रतबन्ध लगायतका कामहरु भएभने भोजभतेर पनि विद्यालयकै प्राङगढामा गर्ने चलन रहेको छ । बिहेमा आएका जन्तीको बास पनि विद्यालयमै हुने गरेको छ । भोज पकाउने मात्रै होइन भोजभतेरका भा“डाकुडा थन्क्याउने ठाउ“ पनि विद्यालयकै कक्षाकोठाहरु नै हुन । नपत्याए यो दृष्य हेर्नुस त ।

यस विद्यालयमा विद्यार्थीलाई बस्नका लागि डेस्क बेन्च छैन् । मौसम गर्मी होस या चिसो सबै विद्यार्थी बोरा बिच्छाएर बिद्यालय प्रा«ङगणमै पढ्ने गर्छन । यो दृश्य कक्षा एकदेखि कक्षा पा“चसम्म पढाइ हुने धनुषाको नगराईन नगरपालिका वडा नम्बर–२ राघोपुरस्थित श्री राघोबाबा प्राथमिक विद्यालयको हो । यस विद्यालयका कक्षाकोठाहरु गाईभैंसी र बाख्रा बाँध्ने ठाउ“को रुपमा प्रयोग हुदै आएका छन् । झट्ट हेर्दा गोठ हो कि विद्यालय छुट्ट्याउनै गाह्रो पर्छ । विद्यालयको नाममा एक धुर पनि जग्गा छैन् ।

विद्यालय खुलेको ३५ वर्ष बितिसकेको छ । सम्पत्तीको नाममा एउटा टेबल र चार थान कुर्सी मात्रै छ विद्यालयको । विद्यार्थीले बोरा ओछ्याएर १२ महिनै भुइमै बसेर पढ्नुपर्छ । विद्यालयमा पर्याप्त शैक्षिक सामग्री पनि उपलब्ध छैन् । विद्यालयको रजिष्टरमा २ सय १७ जना बालबालिकाको नाम उल्लेख छ । तर, पढ्न भने ३० देखि ४० जनामात्रै आउने गरेको बिद्यालयकी शिक्षिका रञ्जु कुमारी मण्डल बताउ“छिन् । आधारभूत शिक्षा परियोजनाले विद्यालयका लागि डेस्क बेन्च उपलब्ध गराएको थियो तर, सबै पुराना भइसके । सबै गोदाममा राखिएको छ । २ बर्षदेखि नगरपालिकास“ग माग गरेको प्रधानाध्यापक रत्नेश्वर लाल कर्ण गुनासो गर्छन् ।
विद्यालय व्यवस्थापन समिति, गाउ“ले तथा स्थानीय जनप्रतिनिधि कसैलाई पनि यस विद्यालयप्रति कुनै चासो नभएको प्रधानाध्यापक रत्नेश्वर लाल कर्ण बताउ“छन् ।

विद्यालयमा प्रधानाध्यापक रत्नेश्वर लाल कर्ण, सहायक प्रधानाध्यापक रामचन्द्र मण्डल, रञ्जु कुमारी मण्डल र अमोद कुमार राम गरी चारजना शिक्षक कार्यरत छन् । सरकारले यस विद्यालयका शिक्षकहरुको तलबमा मासिक १ लाख १७ हजार रुपैया“ खर्च गर्छ तर पा“च कक्षामा पढ्ने अधिकांश बालबालिकाहरुलाई आफ्नो र आफु अध्ययनरत विद्यालयको नाम पनि लेख्न आउदैन ।

विद्यालय गएर पनि छोराछोरीले आफ्नै नाम लेख्न नजानेपछि हामी आफ्ना बालबालिकालाई संस्थागत विद्यालयमा पढाउन बाध्य भएका छौं,स्थानीय कञ्चन मण्डलले बताए ।’ उनले भने,‘शिक्षकहरु पढाई भन्दा बढि राजनीति गर्छन् भने शैक्षिक अबस्था कसरी सुधार हुन्छ ?’

यता यस सम्बन्धमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामसोगारथ मण्डलसँग बुझ्न खोज्दा उनले विद्यालयको यस्तो दुराअवस्था प्रति अनबिज्ञता प्रकट गर्छन ।

स्थानीय सरकारले सार्वजनिक शिक्षा सुधारका लागि भन्दै काम गर्दै आएतापनि देखिने गरि काम हुन सकेको र्छन । शिक्षामा सुधारका लागि स्थानीय सरकार थप जागरुक जरुरी छ ।

 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board