2 February, 2020 12:43 pm


२०२३ मा नेपाल चिया विकास निगमको स्थापना भएपनि उपलब्धी विहिन बन्दै (भिडियोसहित)

काठमाडौं, १९ माघ ।  एक दशक लामो चिया खेतीले अझै भने जस्तो आफुलाई स्थापति गर्न सकेको छैन् । नेपालमा चियो खेतिले व्यवसायिक मात्र नभई पर्यटकिय सम्भावना पनि बोकेको क्षेत्र हो । तर राज्यले यस क्षेत्रलाई उचित ध्यान दिन नसक्दा राम्रो प्रतिफल पाउन सकिएको छैन । मुलुकलाई चिया खेतिमा रुपान्तरण गदै यसको उतिच अध्यन अनुसन्धान गर्न सकेको खण्डमा यसबाट कृषकले मात्र लाभ लिने नभइ पर्यटकिय लाभ पनि लिन सक्ने देखिन्छ ।

चिया नेपालको एक प्रमुख नगदेबाली हो । नेपालमा चिया खेतीको इतिहास निकै लामो भए पनि व्यवसायिक रुपमा नै चिया खेतीको सुरुवात आशा शताब्दी मात्र भएको छ । २०१६ सालमा झापा जिल्लाबाट बुधकरण चिया बगानको नाममा निजीस्तरको पहिलो चिया बगान स्थापना भएको थियो भने सरकारी स्तरमा पनि २०२३ असोज २३ गते नेपाल चिया विकास निगमको स्थापना भएको थियो ।

अहिले नेपालमा ३ प्रजातिको चिया खेती गरीन्छ । आसामी र कम्बोडियाली प्रजातिको चिया सिटिसी चिया उत्पादनको लागि प्रयोग हुन्छ भने चिनिया प्रजातिको चिया मुख्यतया अर्थोडक्स चियाको उत्पादनमा प्रयोग हुन्छ । देशभरका १२ जिल्लामा मात्र चियाखेती सिमित रहे पनि १८ हजार बढी किसान चियाखेतीमा संलग्न रहेको छन् । करिव एक लाख भन्दा बढीले बढि किसान आश्रित यस क्षेत्रमा प्रगति गर्न बांकी रहेको विज्ञहरु बताउंछन् ।

नेपालमा उत्पादित चियाको आन्तरिक र बाह्य बजार पनि ठुलो रहेको छ । नेपाली चियाको सबैभन्दा ठूलो बजार भनेको भारत हो । त्यसमा पनि भारतको सिलगुडि र कलकत्तामा नेपाली चियाको माग बढी छ । त्यो बाहेक जर्मन, क्यानाडा, अमेरिका, जापान, अष्ट्रेलिया र ताइवान लगायतका देशहरूमा नेपालको अर्थोडक्स चिया निर्यात भइरहेको छ । माग अनुसारको मात्रा र खाजेको गुणस्तर भएका चिया तेस्रो देशहरूमा बढी निर्यात भइरहेको छ ।

त्यसो त, चिया औद्योगिक उत्पादनमा मात्र नभै पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण रहेको छ । इलाम र झापाका चिया बगानले धेरै पर्यटक तान्न सक्छन् । चिया क्षेत्रमा बहुमुखी सम्भावना हुंदाहुंदै पनि उत्तिकै चुनौती रहेको छ ।

 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board