2 February, 2020 12:35 pm


चीनमा कोरोना भाइसर प्रकोपको रुपलिदै , नेपालको तयारी यस्तो छ (भिडियोसहित)

 

काठमाडौं, १९ माघ । चीनको उहान सहरबाट सुरु भएर विभिन्न १८ ओटा देश सम्म फैलिएको नोबेल कोरोना भाइरसका कारण चिनमा आज सम्म २ सय ५९ जनाको मृत्यु भईसकेको छ भने हजारौको संख्या संक्रमित भएका छन् । यो भाइसरले थप प्रभावित नहुन भन्ने उदेश्य र यसलाई न्यूनिकरण गर्न विश्व समुदाय लागि परेको छ । यता विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी स्वास्थ्य सङ्कट घोषणा समेत गरेको छ ।

चिनको वुहान प्रान्तबाट डिसेम्बर अन्तिम सातामा फैलिएको कोरोना भाईरसले चिनमा मात्र नभै विश्वमा नै सन्त्राश फैलाएको छ । कोरोना सङ्क्रमणका कारण चिनमा मृत्यु हुनेको सङख्या २ सय ५९ पुगेको छ भने अन्य देशमा पनि कोरोनाभाइरसको संक्रमण भेटिएपछि डब्ल्यूएचओले विश्वव्यापी स्वास्थ्य सङ्कट घोषणा गरेको छ । अहिलेसम्म चिनमा २ सय ५९ जनाको मृत्युको भएको पुष्टि भइसकेको छ । चीनबाहेक अन्यत्र नेपालसहित १८ देशमा ९८ जनामा सङ्क्रमण भएको पाइएको छ । नेपालमा भने हाल सम्म एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । विश्व स्वास्थ्य सङ्गठनले कमजोर स्वास्थ्य प्रणाली भएका मुलुकहरूमा यो भाइरस फैलिन सक्ने त्रास रहेकोले स्वास्थ्य सङ्कट घोषणा गरीएको बताएको छ ।

नोबेल कोरोनाको सङ्क्रमण हुंदा उच्च ज्वरो आउनुकासाथै रुघाखोकीदेखि श्वासप्रश्वासमा गम्भीर समस्या ल्याउछ र सङ्क्रमितको मृत्युसमेत गराउ“छ । अहिले कुनै लक्षण बिना नै कोरोना भाइरस सङ्क्रमित भएका घटना बाहिर आएको छ ।

नेपाल सरकारले भने कोरोना विरुद्ध नेपालको तयारी प्रभावकारी रहेको दाबी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट आएका शङ्कास्पद व्यक्तिलाई निगरानीमा राखेर भाइरसको सङ्क्रमण छ छैन भन्ने पुष्टि गरिरहेको बताएको छ । कोरोना भाइरसको शङ्का लागेमा उनीहरूलाई ‘आइसोलेसन’मा छुट्टै राख्ने र नियमित निगरानीमा राख्ने व्यवस्था रहेको जानकारी दिएको छ ।

चीनको सबैभन्दा बढी प्रभावित क्षेत्र उहानमा १ सय ९० जना नेपाली विद्यार्र्थी अध्ययनरत छन । चिनको उहानमा रहेका नेपाली विध्यार्यीहरुले तत्काल नेपाल लैजान सरकारसंग माग राखेका छन । उता भारतले भने चिनमा रहेका आफ्ना विद्यार्थीहरु स्वदेश र्फकाई सकेको छ । त्यस्तै चीनको वुहानमा रहेका नेपाली चिकीत्सक डा. रमेश आचार्यले चीनको वुहानमा रहेका नेपाली विद्यार्थीहरुलाई मनैबैज्ञानिक असर परेको भन्दै स्वदेश फिर्ता गर्नुपर्ने वताएका छन । वुहानमा वस्न नसकीने अवस्था रहेको भन्दै तत्काल नेपाल सरकारले सुरक्षित नेपाल लैजान आग्रह गरेका छन् ।

तर, चीन सरकारले भने वुहानमा रहेका नेपाली नागरीक तथा विध्यार्थीहरु सुरक्षित रहेको र उनी हरुको सुरक्षामा कटीव्द्ध रहेको जानकारी दिएको छ । यता, संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री योगेश भट्टराईले चीनमा रहेका नेपाली विद्यार्थीको रेस्क्यु गर्न २ वटा जहाज तयारी अवस्थामा रहेको बताएका छन् । मन्त्री भट्टराईले अहिलेसम्म चिनमा रहेका नेपाली विद्यार्र्थीहरु सुरक्षित रहेको पनि बताएका छन ।

यता, भ्रमण वर्षमा नेपाल आउने पर्यटकको संख्या घटेको छ । मन्त्री भट्टराईले नेपाल आउने पर्यटक र आउन चाहाने पर्यटकहरुलाई नेपाल सुरक्षित र ठीक छ भन्ने सन्देश प्रवाह गर्न पनि उनले सबैमा आग्रह गरेका छन् । विश्वमा कोरोना भाइरसको सङ्क्रमण झन् बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रोकथामका लागि तीनवटा समिति गठन गरेको मन्त्रालयले जनाएको छ । चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि भरतपुर अस्पतालले पनि उच्च सतर्कता अपनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board