31 January, 2020 11:05 am


प्रजातन्त्र स्थापनाका लागि अमूल्य जीवन उत्सर्ग गरेका शहीदको सम्झना (भिडियोसहित)

 

काठमाडौं, , १७ माघ । मुलुकमा प्रजातन्त्र स्थापनाका लागि अमूल्य जीवन उत्सर्ग गरेका शहीदको सम्झनामा हरेक वर्ष शहीद दिवस मनाइन्छ । शहीदहरुको सम्मान र सम्झना स्वरुप बिहीबार देशभर शहीद दिवस मनाइयो । वर्षको एकपटक सबैबाट शहीदको स्मरण गरिन्छ, तर, शहीदले देखाएको बाटोबाट भने राजनीतिक नेतृत्व निरन्तर पछि फर्किदै गएको छ ।

हामीले खाने प्रत्येक गा“समा रगत छ शहीदको
हामीले फेर्ने प्रत्येक सासमा, रगत छ शहीदको

यी हरफहरु कवि भूपि शेरचनका हुन् । आजका दिनमा हामी जति स्वतन्त्रतापूर्वक खुला सास फेरिरहेका छौं, हिड्डुल अनि वाक गरिरहेका छौं, यी सबै अग्रगामी र देशभक्त वीर सपूतहरुकै कारण सम्भव भईरहेको छ । जसले देशप्रेम, स्वतन्त्रता र अधिकार प्राप्तीका निम्ति रत्तिभर पनि नसोची फा“सीको रस्सीमा हासी–हासी आफ्नो अमूल्य जीवनको बलिदान गरे र मुलुकमा न्याय र समानताको बिउ छरेर गए, तिनै निस्वार्थ, निडर अनि अमर व्यक्तित्वको नाम हो शहीद । आज विशेषगरी, प्रजातन्त्र स्थापनाका लागि विसं. १९९७ मा धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ र दशरथ चन्दले आफ्नो प्राण आहुती दिएको सम्झनामा शहीद दिवस मनाईएको हो । यी चारै सपुतहरुलाई यसरी सम्झन्छन् साहित्यकार शान्तदास मानन्धर ।

हामीले आफ्नो कर्तव्य बिर्से इतिहासले धिक्कार्ला
गोली निलेका शहीदका प्यारा ती लाशले धिक्कार्ला

कवि शेरचनका यी हरफहरु राष्ट्रका उच्च ओहदाका व्यक्तित्व देखि आमनागरिकका लागि मनन्योग्य छन् । देश र जनताका लागि शहीदले आफ्नो ज्यानै त्यागे तर शहीद र शहीदका सपनाका लागि कसले के गर्ने ? आजको दिनमा यो प्रश्न निकै मार्मिक बन्दै गएको छ । त्यसो त धेरै समयको अन्तरालमा दिवसकै अवसरमा काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यबाट वडा नं. २३ मा नवनिर्मित शहीद धर्मभक्त माथेमा पार्क तथा पूर्ण कदको शालिकको अनावरण गरिएको छ । शहीद माथेमालाई महानगरका उपप्रमुख हरिप्रभा खड्गी लगायत माथेमाका आफन्त र नेतृत्व वर्गले यसरी सम्झिए ।

शहीदहरुलाई सम्झने कुनै विशेष घडी त हु“दैन । यद्दपी, बालक देखि वृद्धसम्मका सबै नागरिकहरुले आजकै दिन शहीदलाई हार्दिक श्रद्धान्जली भन्दै नसक्झीकन बस्नै सक्दैनन् । शहीदको सम्मानका लागि दिवसीय कार्यक्रमहरुभन्दा पनि सबैले आफ्ने आचरण, विचार र व्यवहारमा परिवर्तन गर्न सक्नुपर्ने उनीहरुको भनाई छ ।

पक्कै हो, शहिदको सपना कुनै समय, भूगोल र स्वार्थमा मात्रै सिमित थिएन । शहीदहरुकै योगदान नै हो, आज आकाश पनि खुला छ र असम्भावनाहरु ध्वस्त भएका छन् । शहीदहरुले फ“सीको सुलीमा चढेका दिनदेखि नै हो, प्रगतिशीलता, परिवर्तन र विकासको मुल फुटेको । कवि शेरचनले त्यतिकै लेखेका हैनन्,

‘हुदैन बिहान मिर्मिरेमा तारा झरेर नगए,
बन्दैन मुलुक दुई चार सपुत मरेर नगए’ ।

 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board