28 January, 2020 2:48 pm


देशभित्रै फल्छ पैसा कम लगानी मनग्य आम्दानी ! मौरी व्यवसाय ? (भिडियोसहित)

पाल्पा,१४ माघ । पाल्पाको तिनाउँ गाउँँ पालिका ओखलढुङामा ब्यावसायीक मौरी पालेर मनग्य आम्दानी गरेका नर बहादुर उचाईले मौरी पालन सूरु गरेको लामो समय बित्यो तर पनि उनि आधुनिक तरिकाबाट मौरी पालन गर्ने तरिकाबारे बेखबर छन् । उनिजस्तै अन्य किसानलाई पनि आधुनिक प्रविधिबारे तालिम दिनु जरुरी देखिउको छ ।

पाल्पाको तिनाउ गाउँ पालिका भित्रको बिकट गाउँ ओखलढुङाको गौउ बास । त्यही गाउँमा २० वर्षबाट निरन्तर मौरी पालेर जिवन चलाएका नर बहादुर उचाई मगर लाई अझै सम्म आधुनिक मौरी पालन पेसा थाहा छैन ।उनको घर बारी र पखेरा समेत परम्परागत रुपमा पालिने मुढे घरमा मौरी पालेका उचाई घरमा अहिले १ सय ८० देखि २ सय पचास सम्म मुढेघारमा मौरी रहेको उनको भनाई छ । केही समय अगाडी परम्परागत रुपमा गरीदै आएको मौरीपालन पेशा आजभोली व्यावसायीक तिर अगाडि बढेको पाइन्छ । मौरी पालेर आफ्नो जिवन प्रगति तिर बढीरहेको बताउने पश्चिम पाल्पाका नर बहादुर बुचा मगर स्वदेसमै बसेर मनग्य आम्दानी मह बेचेर गरेको सुनाए आधुनीक तरीकाले मौरी पालन गर्न नजानेका नर बहादुरले आफैले गाउँ ठाउँमा पाइने मुडे घारमा मौरी पालन गर्दै आएको बताउछन । नर बहादुरको घरमा दैनिक जसो मह किन्ने ब्यापारी पुग्ने गर्छन उनले घरमा पुगेका ब्यापारी लाई मुढे घार बाट मौरी काढेर खान दिन्छन अनी आफ्नो मौरी पालन पेसा अरु लाई सुनाउने गर्छन ।

नर बहादुरले यो पेसा दिर्घकालिन रुपमा राम्रो हुने भएकोले उनी यसै पैसालाइ अंगाली अगाडी बढेको बताउछन आजभोली विदेशिने होड बाजी नै चलेको छ स्वदेशमा बसेर केही गरौ भन्ने मानिस कमै छन् । तर गर्नेहरु पनि स्वदेशमा उदाहरणीय छन् पाचँ कलास मात्र पढेका नर बहादुर मौरी पालन गरेर उत्पादन भएको मह बेचेर नै ९ जनाको परिवार पालेको वताउँछन्न  बहादुरलाई मौरीमा कुनै रोग लागेर मरे पनि उपचार गर्ने कुनै ज्ञान छैन । आधुनीक तरीका बाट मौरी पाल्न पाए अझ बढी राम्रो आम्दानी हुने थियो उनी भन्छन मैले जस्तै मौरीपालेर घर चलाउने धेरैछन्् तर कुनै संघ संस्था कृषि सेवा केन्द्र जिल्ला कृषि विकास कार्यालय वाट आज सम्म न तालिम पाएका छौ । नत प्राविधिक सहयोग नै त्यसैले उनी राज्य प्रति त्यति सन्तुष्ठ नभएको बताउछन । हामीले तिनाउ गाउँ पालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगर लाई उनको गुनासो सुनाउन पुग्यौ उले अब अनुदान र आधुनिक तरिकाल मौरी पालन गर्ने तालिम दिने तयारी भएको बताए ।
नर बहादुरले उत्पादन गरेको महमा कुनै मिसावट नहुने हुदाँ पनि उनको मह बढी बिक्री हुने उपभोक्ताको भनाइ रहेको छ महको अहीले बजार भाउ ७ सय प्रती केजी रुपैया पर्छ मह औषधीको रुपमा समेत प्रयोग हुने हुदाँ मह बढी प्रयोग गरेको पाइन्छ । मह दम रुघा खोकी ढाड दुखेको सन्चो हुने जन विश्वास रहेको छ धार्मीक दृष्टिकोणले पनि मह नभइ नहुने तत्व पनि हो । उनले उत्पादन गरेको मह पाल्पा जिल्लाको बिधिन्न स्थान तानसेन तथा बुटवल बजार सम्म लैजाने गर्छन नर बहादुर वाजेको मह भने पछि सवै खोजी खोजी किन्ने गरेको उनी वताउछन् उनी जस्तै स्वदेशमै पौरख गर्ने हो भने बिदेसीभुमी तिर भौतारीन् पर्दैन की ?

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board