19 January, 2020 1:16 pm


नेपालका सयौं बेरोजगार यूवाहरु छिमेकी मुलुक भारतमा ठगिदै (भिडियोसहित)


काठमाडौं,  ५  माघ ।  विगत केही महिनादेखी नेपालका सयौं बेरोजगार यूवाहरु छिमेकी मुलुक भारतमा ठगिदै आएको खुलासा भएको छ । यती मात्र नभएर उनीहरुलाई भारतीय नागरिकता भनिने “आधार कार्ड” समेत बनाइदिने गरिन्छ । दुई हजार ५ सय शुल्क तिरेपछि केही मिनेटमै आधार कार्डको प्रतिलिपी दिने गरिएको छ ।

भारतको बिहार राज्य अन्तरगत सारण जिल्ला छपरास्थित नेवाजी चौकमा एम एस माँ लक्ष्मी इन्टरप्राइजेज नामक एक नेटवर्क कम्पनीले भ्रामक प्रचार तथा आकर्षक तलबसहित जागिर दिने प्रलोभन देखाउँदै सयौं नेपाली युवाहरुलाई ठगिरहेको खुलासा भएको छ । सोही कम्पनीमा काम लगाइदिने भन्दै ३५ हजार रुँपैया गुमाएका राजविराज नगरपालिका १ डुमरी शिवथान निवासी २५ वर्षिय राजेश कुमार यादव त्यहाँबाट भाग्न सफल भएपछि यो खुलासा भएको हो । उनलाई भने अरु कसैले होइन् नातामा पर्ने भान्जाले जागिरको प्रलोभनमा पारेर भारत पु¥याएका थिए ।

उनी बुधबार घर आइपुगेपनि अहिले ६ सयभन्दा बढी नेपाली यूवाहरु त्यहा बन्धक अवस्थामा रहेको उनले जानकारी दिएका छन् । उक्त स्थानमा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही र रौतहट जिल्लाका गरि ६ सय यूवाहरु बन्धक अवस्थामा रहेको र कम्पनीले घर फर्किन नदिएको उनि बताउ“छन् ।

भारतीय ग्लेज ट्रेडिङ इण्डिया प्रालिको शाखा रहेको बताउने एम एस माँ लक्ष्मी इन्टरप्राइजेज नेटवर्क कम्पनीले तराईका जिल्लाहरुमा दर्जनौं एजेन्ट खटाई त्यहाँका युवालाई आकर्षक तलबसहितको जागिर दिने प्रलोभनमा पारी लैजाने गरेको पीडित राजेशले बताए । भारतीय एजेन्टहरुले केही स्थानीय व्यक्तिलाई विश्वासमा लिई त्यस्तो अवैध कारोवार खुलेआम गरिरहेको यादवको भनाई छ । यता एक हप्तासम्म तालिम र प्रवचन सुनेर दिक्क भएका उनीहरु घर फर्किन्न चाहे पनि आउन नदिएको राजेश बताउ“छन् ।

नेपाली युवाहरुलाई जागिरका लागि भारतीय आधारकार्ड आवश्यक पर्ने भन्दै सो वापत प्रति व्यक्ति २ हजार ५ सय, प्रवेश शुल्क वापत १ हजार र आवास खर्च वापत १८ हजार गरी प्रतिव्यक्तिबाट २१ हजार ५ सय भारतीय रुपैया कम्पनीका संचालकले असुल गरेको यादवले जानकारी दिए ।

यसरी भइरहेको ठगी धन्दालाई नियन्त्रण गर्न र त्यहा“ फसेका नेपाली यूवाहरुलाई जोगाई सुरक्षित साथ फिर्ता ल्याउन भारतीय प्रहरीसग समन्वय गर्न जरुरी छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board