17 January, 2020 1:44 pm


भेरी अस्पतालमा डायलासिसका बिरामीको बढे, मेसिन थप्न सेवाग्राहीको माग (भिडियोसहित)

बाँके, ३ माघ । बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालमा रहेका डायलोसिस मेसिन बिग्रीएका छन् । अस्पतालमा रहेका ४ वटा मध्ये २ वटा मेसिन काम नलाग्ने गरी नै बिग्रिएका हुन् । २ वटा डायलोसिस मेसिन बिग्रदा बिरामीहरुलाई समस्या हुने गरेको छ । भएका डायलोसिस मेसिन बिग्रीएपछि मृगौलाका बिरामीहरुलाई अस्पतालले सेवा दिन सकेको
छैन ।

आवश्यकता अनुसार डायलोसिस मेसिन नहुँदा भेरी अस्पतालले डायलोसिस गर्नुपर्ने नयाँ बिरामीहरुको सेवा दिन सकेको छैन् । अहिले अस्पतालले १३ जना डायलोसिस गर्नुपर्ने मृगौलाका बिरामीहरुलाई मात्र सेवा दिइरहेको छ । डायलोसिस गर्ने आवश्यक मेशन नहुँदा बिरामीहरु निजि अस्पताल तथा काठमाडौं र भारतीय अस्पतालमा समेत जाने गरेका छन् । अस्पतालका हेमोडायलासिस विभाग प्रमुख डाक्टर पारस श्रेष्ठले डायलोसिस गर्न आएका धेरै बिरामीहरुलाई सेवा दिन नसकिएको बताउंछन् । अहिले अस्पतालमा दुई वटा मेसिन मात्र सञ्चालनमा आउँदा बिरामीहरुले पालो नपाउँदा महंगो शुल्क तिरेर निजी अस्पतालमा डायलोसिस गराइरहेको उनी बताउँछन् । बिरामीहरुको अवस्था हेरेर कम्तिमा हप्तामा दुई पटक डायलोसिस गराउनुपर्छ । श्रीमतीका दुवै मृगौला फेला भएका कारण डायलोसिस गराउन आएका बाँके खजुरा गाउँपालिकाका घनश्याम खत्रीले अहिले पुराना बिरामीहरुलाई समस्या नभए पनी नयाँ बिरामीहरुले भने सेवा नपाएको बताए । पहिले भएका ४ वटा मेसिनमध्ये २ वटा मेसिन बिग्रिएकाले पालो पाए पनि पहिलेजस्तो सहज नभएको खत्रीले बताए ।

करिब दुई वर्ष पहिले अस्पतालले सरकारबाट प्राप्त र आन्तरीक स्रोतबाट खरिद गरेका दुई गरी ४ वटा मेसिनबाट डायलोसिस सेवा सुरु गरेको थियो । ७ महिनायता सरकारले दिएका दुवै मेसिनहरु बिग्रीएका छन् । अहिले बिरामीलाई बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म दुई सिफ्टमा सेवा प्रवाह गरिरहेको अस्पतालका हेमोडायलासिस विभाग प्रमुख डाक्टर पारस श्रेष्ठले बताउंछन् । तीनै तहका सरकार तथा सरोकारवालाहरुसँग मेसिन थप्नको लागि छलफल गरे पनि सफल हुन नसकेको उनी गुनासो गर्छन् ।

भेरी अस्पताल संघिय सरकार अन्तरर्गत रहेकाले डायलासिस खरिदको लागि समस्या उत्पन्न भएको बताइएको छ । साविक मध्य तथा सुदुरपश्चिम क्षेत्रको सुविधासम्पन्न सरकारी अस्पतालको रुपमा चिनिएको भेरी अस्पतालमा नयाँ डायलासिस मेसिन खरिद गर्न सके बिरामीहरुलाई सास्ती कम हुने थियो की ?

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board