12 January, 2020 12:58 pm


आफ्ना गतिबिधी ब्यारेक भित्रै सिमीत राख्ने नेपाली सेना पछिल्लो समय सडकमा दौडिएपछि… (भिडियोसहित)

बुटवल, २७ पुस  । कुनै बेला थियो राजनितीकदलहरुमा नेपाली सेनामा लोकतान्त्रीकरण, एउटा मुख्य मुद्दा बन्ने गर्दथ्यो । नेपाली सेनालाई लोकतान्त्रीक र जनमुखी बनाउनुपर्ने बहससंगै माओबादी जनमुक्ति सेना र नेपाली सेनाको समायोजन समेत गरिएको थियो ।

पहिले पहिले जनताका माझ कमै मात्रामा देखिने सेनालाई आम नागरिकले आत्मसाथ गर्न पाउंदैन थिए । मुलुकमा संघिय गणतन्त्र नेपालको स्थापनासंगै अव सेना लोकतान्त्रीकरणमात्र होईन जनतासंग संगसंगै सडकमा दौडन पनि थालेको छ ।

विगतमा आफ्ना ब्यारेक भित्रै सबै गतिबिधी सिमीत राख्ने नेपाली सेना पछिल्लो समय जनताको हरेक सकारात्मक कदमको साथी बन्न थालेको देखिएको छ । संघ अन्तर्गतका स्थानीय सरकारहरुले गर्ने सरसफाई कार्यक्रम देखि राष्ट्र जोगाउन योगदान गर्ने महान ब्यक्तित्वलाई सम्झने कार्यक्रमहरुमा जनता र नेपाली सेनाको दरिलो सहकार्य उजागर हुंदै गएको छ ।

पुस २७, अर्थात पृथ्बी जयन्ती । टुक्रा टुक्रा रहेको मुलुकलाई एकिकरण गर्ने अभियानको थालनी गरेका शाह बंशिय राजाहरुको पुर्खा पृथ्वी नारायण शाहको जन्म जयन्तीमात्र नभएर एकिरण दिवसकारुपमा पनि मनाउन थालिएको छ । राष्ट्रिय एकता दिवस नाम दिएर मनाउन थालिएको पुस २७ को पुर्व संध्यामा नेपाली सेनाका अधिकृत केन्द्रिय सरकारका रक्षामन्त्री जनतासंगै कांधमा कांध मिलाएर बुटवलको सडकमा दौडीएका छन् ।

नेपाली सेनाको मध्यपश्चिम पृतना हेड क्वाटरले आयोजना गरेको भिक्टर म्याराथुन युनिटी रनमा सेनाका अधिकृत, प्रदेश ५ सरकारका मुख्यमन्त्री, मन्त्रीहरु सहित उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल बुटवलमा ५ किलोमिटरको दुरी पैदल हिंडेर पार गरेकाछन् । ५, १०, २१ र ४२ किलोमिटर म्याराथुन प्रतियोगितामा रक्षामन्त्री पोखरेल सहित मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश सरकारका आन्तरिक मामीला तथा कानुन मन्त्री कुलबहादुर केसी, पर्यटनमन्त्री लिला गिरिले ५ किलोमिटरको दुरी पैदल हिंडेर पार गर्दै जितगढी किल्ला पुगेका थिए । सेनाका अधिकारी र जवानसहितको टोलिसंग म्याराथुनमा दौडन सयांैको संख्यामा नागरिक सहित नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका जवानहरु शनिबार बिहानै बुटवलको सडकमा निस्केका थिए ।

बिश्व बिजेता अंग्रेजलाई परास्त गर्ने लडाईमा नेपाली सेनाको कमाण्ड गर्ने कर्णेल उजीर सिंहको सम्मान तथा सरकारको भ्रमण वर्ष २०२० लाई टेवा पु¥याउन नेपाली सेनाले म्याराथुनको कार्यक्रम राखेको मध्यपश्चिम पृतना हेड क्वाटरका पृतनापति सिताराम खड्का बताउंछन् ।
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय अखण्डता र सार्बभौमिकताको सवालमा नेपाली सधैं एकजुटछन् भन्ने सन्देश दिन सेनाले यस्तो कार्यक्रमको आयोजना गरेको र यस्ता कार्यक्रमहरु देशभरी हुनुपर्ने बताउंछन् ।

सेनाले आयोजना गरेको म्याराथुनमा ४२ किलोमिटर अन्तर्गत पुरुष तर्फ हरिकुमार रिमाल प्रथम, राजन रोकाया दोस्रो र कल्याण बानीया तेस्रो भएका थिए । त्यस्तै महिला तर्फ कान्छीमाया क्वजु प्रथम, रमिता बासी दोस्रो र कृष्णेश्वरी सिम्ता तृतीय बनेकी थिईन् । २१ किलोमिटर दौडमा गजेन्द्र राई प्रथम, रामजी बस्नेत द्धितीय र मिलन कार्की तृतिय बनेका थिए भने महिला तर्फ बिश्वरुपा बुढा प्रथम, पुर्णलक्ष्मी न्यौपाने दोस्रो र रेखा बिष्ट तृतिय बनेकी थिईन् । कर्णेल उजीर सिंह किल्ला जितगढीमा आयोजना गरिएको समापन कार्यक्रममा युद्ध संगितमा आधारीत सरायानाच तथा बिजयी उत्सव नाच नेपाली सेनाले प्रदर्शन समेत गरेको थियो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै रक्षामन्त्री पोखरेलले नेपालको सिमा रक्षाको सवालमा कहिं कसैसंग सम्झौता नगरिने दृढता ब्यक्त गरेका थिए ।

सेनाको पछिल्लो कार्यहरुले केहि दशक अगाडी सम्म सेना गांउ पस्दा त्रसित हुने नागरिकहरुमा सेना प्रतिको दृष्टिकोण पनि सकारात्मक बन्दै जाने कुरामा दुईमत छैन । जनताका हरेक पाईलाहरुमा सेनाको सहभागिताले राज्यले घोषणा गरेको समृद्ध नेपाल र सुखी नेपालीको नारालाई पनि साकार पार्न मद्दत पुग्ने नै देखिन्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board