11 January, 2020 11:13 am


विकास र समृद्धिको लागि राजनीतिक दलहरुबीच राष्ट्रिय सहमती – विश्लेषक सुवेदी (भिडियोसहित)


काठमाडौं, २६ पुस  अर्थ राजनीतिक विश्लेषक झलक सुवेदीले मुलुकको विकास र समृद्धिको लागि राजनीतिक दलहरुबीच राष्ट्रिय सहमती आवश्यक रहेको बताउनुभएको छ ।

अर्थ राजनीतिक विश्लेषक सुवेदीले मुलुक विकास निर्माण र पूर्वाधार विकासको क्षेत्रमा अघि बढिरहेको भन्दै विकास निर्माणको गतिसँगसँगै जनजिविकाको सवाल पनि परिवर्तन हुनुपर्ने बताउनु भएको हो । एबीसी टेलिभिजनको आउटलुक कार्यक्रममा कुरा गर्दै सुवेदीले देशमा रेल, पानिजहाज लगायतका ठुला आयोजना आवश्यक रहेको जिकिर गर्नुभयो ।

त्यसले देशलाई दिर्घकालिन रुपमा फाइदा पुराउने भन्दै विश्लेषक सुवेदीले ठुलो आयोजनाको काम गर्दै गर्दा साना साना प्राथमिकताका काम छुटाउनु नहुने बताउनुभयो । समृद्धिको कुरा गर्दै गर्दा जनजिविकाको स्तर कहाँ छ भनेर हेर्न भुल्नु नहुने उहाँको भनाई छ । पर्यटन, जलस्रोत र कृषिको विकासमा ध्यान पुराउन आवश्यक रहेको औँल्याउँदै उहाँले त्यसको निम्ति राष्ट्रिय सहमती आवश्यक रहेको बताउनुभएको हो ।

विश्लेषक सुवेदीले आजको आवश्यकता गाउँघरमा स्वास्थ्यचौकी, बिद्यालय पुराउनुपर्ने रहेको भएपनि बहस मोडिने गरेको जिकिर गर्नुभयो । राष्ट्रिय सहमति कायम गरेर स्कुल, विद्यालय खोली सेवा पुराउने काममा मुख्यगरी सत्तारुढ दलले ध्यान पुराउनुपर्ने उहाँको भनाई छ ।

देश गतिशिल अर्थतन्त्रको दिशामा रहेकोले स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारको भुमिकालाई सक्रिय बनाउन सके देशले दश वर्षमा निकै आर्थिक प्रगति गर्ने उहाँले बताउनुभयो ।

विदेश नीति, भु–उपयोग सम्बन्धी नीति र कृषिमा ध्यान पुराउनुपर्ने अहिलेको आवश्यकता रहेको उहाँको भनाई छ । कार्यक्रम आउटलुक आज शनिबार राति ९ बजे प्रसारण हुनेछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board