9 January, 2020 2:39 pm


एउटा यस्तो गाउं जहाँ सुन्तलाबाटै अतिथिको स्वागत हुन्छ (भिडियोसहित)

अर्घाखाँची, २४ पुस । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका १ पणेनाको सिम्ले अहिले सुन्तलामय भएको छ । यहाँका सवैजसो घरधुरीले सुन्तलाबाट न्युनतम ५० लाखदेखी १२ लाख रुपैँयासम्म आम्दानी गर्ने गर्छन । जिल्लाको पणेनामा पुगेपछि सुन्तलाबाटै अतिथिको स्वागत हुने गरेको छ ।

सिम्लेका नारायणप्रसाद पौडेलको सुन्तला बगैँचा हेर्न लायक छ । लटरम्म फलेका सुन्तला पहेलपुर छन् । विदेशको अनुभव सगाँलेका पौडेल २२ वर्षदेखि सुन्तला खेतीमै आवद्ध छन् । ६ मुरी मकै नहुने बारीमा ८ लाखको सुन्तला विक्री भएको बताउ“छन् । २०५१ सालबाट सुन्तला खेतीमा लागेका मोहन पौडेलले पाल्पाबाट सुन्तलाका विरुवा ल्याएर सुरुवात सुन्तला खेती गरेको बताए । उनले परिक्षणकालमा सुरु गरेको ६ वर्षपछि गाउँका कृषकले मकै, गहुँ खेती गर्न छोडी सुन्तला खेतीमा लागेको बताए । गतवर्ष मात्र १५ करोडको सुन्तला उत्पादन भएकोमा यसवर्ष करिब १२ करोडको सुन्तला उत्पादन हुनेमा उनि विश्स्त छन् ।

१३ वर्ष सम्म ड्राइभिङ पेसा गरेका चोलानाथ पौडेल २०६९ स ालदेखी व्यवसायीक सुन्तला खेतीमा सक्रिय रहेका छन् । उनले गतवर्ष भन्दा करिब ३० प्रतिशत सुन्तला उत्पादनमा कमी आउँने बताए । यसवर्ष ५० क्वीन्टल सुन्तला विक्री गर्ने उनको लक्ष्य रहेको छ । सुन्तला बगैँचाबाटै आजभोली प्रतिकेजी ६० रुपैँयामा विक्री भएको छ । अझै सुन्तलाको भाउँमा वृद्धि भई ७५/८० रुपैँयासम्ममा विक्री गर्न सकिने कृषक पौडेल बताउ“छन् । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका पणेना, पटौटी, खिदिम, छत्रदेवको भगवती, मालारानीको मरेङ्ग, खन लगाएतका ठाउँका कृषकको मुख्य आम्दानीको स्रोत नै सुन्तला खेती बनेको छ । यहाँ उत्पादन भएका सुन्तला रुपन्देही, कपिलवस्तु, सन्धिखर्क, तम्घास लगाएतका ठाउँमा निर्हात हुदैँ आएको छ । अर्घाखाँचीमा यसवर्ष करिव १६ करोडको सुन्तला उत्पादन हुने कृषि ज्ञान केन्द्रका प्रमुख देवेश कुमार मिश्र बताउ“छन् ।

प्रदेश नं. ५ भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आर्थिक सहयोगमा यहाँ शिवशक्ती सित भण्डारको निमार्णं काम अगाडी बढेको छ । असार मसान्तमा सक्ने गरी शित भण्डारको काम अगाडी बढेको छ । प्रदेश सरकारले यहाँको सुन्तला उत्पादनलाई व्यवसायीक बनाउँनका लागी १ करोड ८७ लाख ७५ हजार, पुर्वाधार विकास कोषबाट ५० लाख र पाणिनी गाउँपालिकाले १० लाख रुपैँया विनियोजन गरेको छ । यहाँका कृषकले आगामी वर्षबाट उत्पादित सुन्तला कोल्ड स्टोरमा राख्न पाउँनेछन् । कृषकलाई सुन्तला खेती गर्न र बजारमा विक्री गर्नका लागि सरकारले सहजता प्रदान गर्ने हो भने यहाँका कृषकले सुन्तला खेतीबाट राम्रो आम्दानी गर्न सक्छन ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board