7 January, 2020 10:55 am


तरकारीको भाउ आकासिंदै, तरकारी तथा खाद्यान्नमा भारतसंग मात्रै ४० प्रतिशत परनिर्भर (भिडियोसहित)


काठमाडौं, २२ पुस। बजारमा तरकारीको मूल्य निरन्तर वृद्धि भईरहदा आम उपभोक्ता मारमा परिरहेका छन् । तुलनात्मक रुपमा पनि विगतका वर्षमा भन्दा पछिल्लो समय तरकारीको भाउ ठूलो अन्तरले आकाशिएको छ । कृषि उपजका सामाग्रीहरुको विगत १० वर्षभन्दा पहिले ८७ प्रतिशतको हाराहारीमा स्वदेशी उत्पादन हुन्थ्यो ।

तर अहिले, भारतस“ग मात्रै ४० प्रतिशत परनिर्भर रहनुपर्ने अवस्था छ । मूलतः उत्पादन अभावका कारण निरन्तर रुपमा तरकारीको भाउ महंगिदै गएको छ ।

देशको अर्थतन्त्र आयातमुखी बनिरह“दा कृषिजन्य सामाग्रीहरुमा भारत लगायत तेश्रो मुलुकहरुस“गको परनिर्भरता हिजोभन्दा आज बढ्दै गएको छ । विगत ५, १० वर्षमा झण्डै ८७ प्रतिशत रहेको कृषि उपजको उत्पादन अहिले निरन्तर घट्दै गएको विभिन्न तथ्यांकहरुले देखाएको छ । केही वर्ष अघिसम्म भारतस“ग १३, १४ प्रतिशतको हाराहारीमा रहेको परनिर्भरता अहिले ४० प्रतिशतभन्दा माथि पुगेको छ । बजारमा तरकारीको माग अनुसार स्वदेशी उत्पादन हुन नसक्दा तरकारीको भाउ निरन्तर बढीरहेको छ ।

गतवर्षस“ग मात्रै तुलना गर्दा पनि यो वर्ष तरकारीको भाउ दोब्बर तेब्बर मूल्यले वृद्धि भएको छ । गत वर्ष पुषमा प्रतिकेजी ८ देखि १० रुपैंया रहेको बन्दाको मूल्य सोमबार प्रतिकेजी ४० देखि ४५ रुपैंयासम्म थोक बजारमा कारोबार भयो । गत वर्षको तुलनामा बन्दाको भाउ झण्डै पा“चौ गुणाले आकाशिएको छ ।

गतवर्ष ३५ देखि ४५ रुपैंया रहेको काउलीको मूल्य सोमबार थोक बजारमा ५० देखि ७० रुपैंया प्रतिकिलोमा कारोबार भयो । त्यसैगरी गत पुषमा गोलभेडा प्रतिकिलो २० देखि ५० रुपैंयामा, भन्टा ३५ देखि ४०, आलु २० देखि ३५ र प्याज २६ देखि २८ रुपैंया प्रतिकिलोमा थोक बजारमा खरीदबिक्री भएको थियो । तर सोमबार गोलभेडा ७५ देखि ८०, भन्टा ७५ देखि ८०, आलु ४० देखि ५० र प्याज प्रतिकिलो १३० रुपैंयाभन्दा बढीमा थोकबजारमा कारोबार भयो । बजारमा सामान अभाव छ । ढुवानी र भण्डारणमा पनि समस्या भएका कारण छिट्टै नाश हुने तरकारीको मूल्यमा प्रभाव परेको छ ।

भारतबाट वर्षेनी १२ अर्बभन्दा बढी रकमको तरकारी आयात हुदै आएको छ । देशभित्र अझै पनि कृषिमा जनशक्ति आकर्षित छैन । कतै खेतबारी बा“झो छन्, कतै खेतीयोग्य जमिनको अभाव छ ।स्वदेशी उत्पादनले बजारमा प्रतिस्पर्धा गर्न सक्दैनन् । विदेशी उत्पादन आकर्षक र सस्तो पनि छ । त्यसैले स्वदेशी उत्पादन स्वस्थ्कर हुदाहुदै पनि बजारीकरण र व्यवसायीकरण हुन सकिरहेको छैन ।

एकातिर गुणस्तरीय स्वदेशी उत्पादनले उपयुक्त बजार भाउ पाएको छैन । झण्डै आठ सय रोपनीमा सामुहिक खेती गरिरहेका एक व्यवसायिक किसान आफूहरुको उत्पादन विदेश पठाउने निर्णयमा पुगेका छन् ।

कृषि क्षेत्रलाई आधुनिकीकरण र व्यवसायिककीकरण गर्दै आम सर्वसाधारणको आकर्षण बढाउन नसक्दा किसानहरु पलायन भईरहेका छन् । राज्यको समन्वय अभाव, अनुसन्धानमा कमी लगायत विविध कारणवश आज परनिर्भरताको ठूलो भारी बोक्न नेपाल बाध्य भईरहेको छ । फलस्वरुप, साधारण जीविकापार्जन गर्नेहरु चरम् मारमा परेका छन् ।

सरकारले कृषिमा आत्मनिर्भरताको गफ गरिरहेको छ । तर, कृषि क्षेत्र सुधारउन्मुख भएको छैन । जसकारण कृषि उपजका उत्पादनमा भारत लगायत तेश्रो मुलुकमा परनिर्भरता बढ्दो छ । आर्थिक समृद्धि र विकासको नारा चलिरह“दा कषि क्षेत्रको आधारभूत समस्या समाधान नगरेसम्म देशको समग्र विकास असम्भव छ ।

 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board