6 January, 2020 10:01 am


हिलाम्मे मैदानका कारण ए डिभिजन लिगमा दर्शक नआउँदा एन्फा चिन्तित (भिडियोसहित)

काठमाडौं, २१ पुस । सहिद स्मारक ए डिभिजन लिगमा शनिबारबाट पाँचौ चरणका खेल सञ्चालन गर्ने यस अघि अखिल नेपाल फुटबल संघ एन्फाले तालिका सार्वजनिक गरेको थियो । लिगका दुई अपराजित टोलीद्वय मनाङ मस्र्याङ्दी र स्टार खेलाडीले भरिएको मच्छिन्द्रबीचको खेल शनिबारका लागि तोकिए पनि खराब मौसम र हिलाम्मे मैदानका कारण स्थागित भएको छ ।

भ्रमण वर्षको उद्घाटन सत्र भएको त्रिपुरेश्वर स्थित दशरथ रंगशाला शुक्रबार परेको वर्षाका कारण हिलाम्मे भएको छ । यही विषयलाई कारण बनाउँदै एन्फाले शनिबार तय भएका पाँचौ चरणका खेललाई सोमबारबाट सञ्चालन गर्ने शुक्रबार सूचना जारी ग¥यो । पाँचौ चरणका खेल सञ्चालनका लागि रंगशाला नै एन्फाले खेल स्थल तोकेको थियो । तर मैदान खेलका लागि अनुपयुक्त भएको कारण देखाउँदै लिगको महत्वपूर्ण खेल स्थगित गर्नु परेको लिगका निर्देशक सञ्जीव मिश्रले बताए ।

त्यसो त आयोजक एन्फाले दर्शक दिर्घामा दर्शक तान्ने विभिन्न आयोजना ल्याए पनि दर्शक लिगका खेल अहिले सम्म आएका छैनन् । मंसिरमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले भुटानसँग स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्दा दर्शकको ओइरो रहेको थियो । तर नेपाली फुटबलको मेरुदण्डको रुपमा हेरिएको सहिद स्मारक ए डिभिजन लिगमा दर्शक नआउँदा एन्फा चिन्तित भएको हो । पाँचो चरणका खेल दशरथ रंगशालमा तय भए हिलो मैदानका चैत्र १४ र १८ गते अस्ट्रेलिया र चाइनिज ताइपेइ विरुद्धको खेलमा मैदान विग्रने डरले जोखिम नलिएको सञ्जीव मिश्र बताउछन् ।

लिगमा चौथो चरणका खेल समाप्त भइसकेका छन् । केही खेल एन्फा मुख्यालयमा सञ्चालन भए भने केही खेल दशरथ रंगशालमा सञ्चालन भए । तर लिगको महत्वपूर्ण मानिएको पाँचौ चरण खेलमा दर्शक र खेल व्यवस्थित गर्न दशरथ रंगशाला नै एन्फाले तोकेको हो । अन्य देशमा मैदानको पानी फाल्नका ढल निकासका लागि विशेष योजना मिलाइएको हुन्छ । तर रंगशालामा यस्तो नभएको सञ्जीव मिश्र स्वीकार गर्छन ।

चौथो चरणका खेल सम्पन्न हुँदा साविकको च्याम्पियन मनाङ मस्र्याङ्दी फुटबल क्लब लिगको शीर्ष स्थानमा छ । तीन खेलमा जित र १ खेलमा बराबरी खेलेको मनाङको १० रहेको छ ।

यस्तै तालिकाको दोस्रो स्थानमा एक अंक घटुवा भएको मच्छिन्द्र समान जित र एक बराबरीका साथ ९ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । यस्तै विभागीय टोली त्रिभुवन आर्मी समान ९ अंकका साथ तालिकाको तेस्रो स्थानमा अर्को अपराजित टोली जावालखेल युथ क्लब ८ अंकका साथ तालिकाको चौथो स्थानमा रहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board