चन्द्र भण्डारीले छाडे महाधिवेशन स्थल

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी विशेष महाधिवेशन स्थलबाट बाहिरिएका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन स्थलबाट भण्डारी बाहिरिएका हुन् ।

उद्घाटन सत्रदेखि महाधिवेशन स्थलमा नै रहेका भण्डारी बन्दसत्रले नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेसँगै असन्तुष्ट बनेका हुन् । पार्टी फुटाउन नहुने पक्षमा रहेका नेता भण्डारीले जेनजी आन्दोलनपछि कांग्रेसमा पनि रुपान्तरण आवश्यक रहेको बताउँदै आएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति