प्रचण्ड र नेपालले लिए नेकपाको शपथ

काठमाडौं, २९ पुस । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपालले शपथ लिएका छन् ।जेष्ठ सदस्य नन्दकुमार प्रसाईंसँग उनीहरूले शपथ लिएका हुन् ।

उनीहरूले पार्टीको मार्गदर्शक सिद्धान्त, कार्यक्रम र नीतिलाई दृढताका साथ अनुसरण गर्ने प्रतिज्ञा गरेका छन् ।जस अन्तर्गत पार्टी एकता जोगाउने, स्वच्छ एवं नैतिक आचरणयुक्त जीवन बिताउने लगायतका विषय छन् । सबैखाले प्रतिक्रियावादी शक्ति, गलत बिचार र गलत व्यवहारका विरुद्ध दृढतापूवर्एक जुद्धिरहने प्रतिज्ञा समेत गरेका छन् ।तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको छ । नवगठित पार्टीको केन्द्रीय सदस्यहरूले आज पद तथा गोपनियताको शपथ लिँदैछन् ।शपथपछि जेष्ठ सदस्य प्रसाईंले संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाललाई परिचयपत्र समेत हस्तान्तरण गरेका छन् ।अब उनीहरूले अन्य केन्द्रीय सदस्यहरूलाई शपथ गराउनेछन् । २४९९ केन्द्रीय सदस्यलाई शपथ खुवाउने तयारी छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति