काभ्रेमा निर्माणाधीन सीडीओ कार्यालयभित्र जलेको अवस्थामा भेटियो शव

काभ्रेपलाञ्चोक, २९ पुस । जिल्ला प्रशासन कार्यालय (सीडीओ) काभ्रेपलाञ्चोकको निर्माणाधीन भवनमा एक पुरुषको शव जलेको अवस्थामा फेला परेको छ ।जिल्ला प्रशासन कार्यालयको ठेकेदार विवादका कारण निर्माण रोकिएको भवनमा जलेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहले जानकारी दिए ।

जलेको अवस्थामा भेटिएको शव केही दिनअघिको हुन सक्ने प्रहरीको अनुमान छ । हालसम्म शवको पहिचान हुन नसकेको तथा ती व्यक्ति केही दिनदेखि सोही भवनमा बस्दै आएको देखिएको प्रहरीले जनाएको छ ।घटनास्थलमा ती व्यक्तिले खाना पकाएर खाने गरेको उनी सडकमा प्लास्टिक बटुलेर हिँड्ने व्यक्ति भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति