बागलुङ कांग्रेसका १२ भाइको आव्हान : विशेष महाधिवेशनमा सहभागी बनौँ 

बागलुङ: नेपाली कांग्रेस बागलुङका विभिन्न जिम्मेवारीमा रहेका १२ जना नेताले विशेष महाधिवेशनमा सहभागी हुन बागलुङका सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरुलाई आव्हान गरेका छन् ।

काठमाडौंमा पुस २७ र २८ गते हुने विशेष महाधिवेशनको पूर्वसन्ध्यामा शुक्रवार विभिन्न जिम्मेवारीमा रहेका १२ जना नेताहरुले महाधिवेशन प्रतिनिधिहरुको नाममा सार्वजनिक पत्राचार गर्दै महाधिवेशनलाई ऐतिहासिक र अर्थपूर्ण ढंगले सम्पन्न गराउनका लागि सबै महाधिवेशन प्रतिनिधिहरुलाई सहभागि बन्न आव्हान गरेका हुन् ।

facebook sharing button
twitter sharing button
whatsapp sharing button
sharethis sharing button

नेपाली कांग्रेसका तमाम कार्यकर्तासंगै आम जनताले खोजेको रुपान्तरित र परिवर्तनशिल पार्टी निर्माण गर्ने महाअभियानमा यति बेला पार्टी जुटेको छ, पत्रमा भनिएको छ,–‘कांग्रेस बदल्ने र कांग्रेससंगै देश बदल्ने संकल्प र अठोट गरेर कांग्रेसले आगामी बाटो तय गर्नु पर्छ ।’ कांग्रेसलाई रुपान्तरण गर्ने लक्ष्यका साथ नेपाली कांग्रेसको विधान अनुसार विशेष महाधिवेशन आव्हान भएको ठहर कांग्रेसका १२ भाईले गरेका छन् ।सम्पूर्ण नेपाली जनता, अन्य राजनीतिक दल, नागरिक समाजका साथै नेपाली कांग्रेसका आम समर्थक शुभेच्छुकहरुले कांग्रेसको विशेष महाधिवेशन र यसबाट निस्कने निष्कर्षलाई उत्साहित भएर हेरिरहेको वर्तमान समयमा विशेष महाधिवेशनलाई विशेष र अर्थपूर्ण बनाउनु पर्नेमा नेताहरुले जोड दिएका छन् ।

नेपाली कांग्रेस बागलुङका उपसभापति तारानाथ पौडेल, सचिव हरिहर शर्मा, क्षेत्र नं. १ का क्षेत्रीय सभापति चण्डीप्रसाद शर्मा, क्षेत्र नं. २ का क्षेत्रीय सभापति जोकलाल बुढा मगर, क्षेत्र नं. १ प्रदेश सभा (ख) का सभापति दल बहादुर श्रीस राना, क्षेत्र नं. २ प्रदेशसभा (क) का सभापति तिलक घर्ति मगर, बागलुङ नगरपालिकाका सभापति उमाकान्त शर्मा (बाबु), जैमिनी नगरपालिकाका सभापति प्रेम सापकोटा, गलकोट नगरपालिकाका सभापति बीरजंग भण्डारी, काठेखोला गाउँपालिकाका सभापति यामदत्त कंडेल, बरेङ गाउँपालिकाका सभापति तुलसीराम पौडेल, ताराखोला गाउँपालिकाका सभापति कमलापती पाठकले महाधिवेशन प्रतिनिधिका नाममा सार्वजनिक पत्र पठाउदै विशेष महाधिवेशनमा सहभागी हुन आव्हान गरेका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति