काठमाडौं, २५ पुस ।आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी ९म्यादी प्रहरी० को भर्ना खुलेपछि फाराम भर्नेहरु लाइन लाग्न थालेका छन्।आवेदन खुलेकै दिन शुक्रबार भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरमा फाराम भर्नेको लामो लाइन लागेको छ। फाराम भर्नका लागि माघ १ गतेसम्मको समय दिइएको छ।यस पटकको निर्वाचनमा १ लाख ३३ हजार ९८० जना म्या प्रहरी भर्ना गर्ने सरकारको तयारी छ । भर्ना हुन दरखास्त गर्न पाउने अन्तिम मितिसम्म १८ वर्ष उमेर पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ।
निर्वाचन प्रहरीमा भर्ना हुन आवेदन दिनेको लाइन
प्रतिक्रिया