काठमाडौं, २२ पुस । नेकपा (एमाले)ले राष्ट्रियसभामा आफूहरूले सात सिट पाउनुपर्ने दाबी गरेको छ । हरेक प्रदेशबाट एक सिट पाउनुपर्नेमा आफूहरूले जोड दिएको उपमहासचिव लेखराज भट्टले बताए ।अरू पार्टीसँग तालमेल गर्ने निर्णय गरिए पनि कुन क्लस्टर पाउने भन्ने निश्चित भइनसकेको उनले जानकारी दिए ।
मंगलबार (पुस २२) च्यासलमा बसेको सचिवालय बैठकबाट उमेदवार छान्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई नै दिइएको भट्टले बताए । राष्ट्रियसभाका १८ पदका निम्ति आउँदो माघ ११ गते निर्वाचन हुँदै छ । उमेदवारको मनोनयनपत्र बुधबार (पुस २३) दर्ता गरिँदै छ ।
प्रतिक्रिया