संसद् विघटन गर्ने सहमति भएको थिएन – प्रचण्ड

काठमाडौं, २१ पुस । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी विद्रोहपछि प्रतिनिधिसभा विघटनमा आफूहरूको समर्थन नभएको बताएका छन् । नेपाली समाज भारतले सोमबार नयाँ दिल्लीमा गरेको एकता सन्देश कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले अन्तरिम सरकार गठन गर्ने विषयमा मात्रै सहजीकरण गरेको जिकिर गरे ।
‘भदौ २३ र २४ गते राज्यबिहीनताको अवस्था थियो ।

अहिले के होला रु भोलि के होला भन्ने संशय थियो । भदौ २६ गते म र माधवजी रातभर बसेर परिस्थितिलाई सामान्यीकरण गर्न भूमिका खेल्यौँ’, उनले भने, ‘राष्ट्रपति र प्रधान सेनापतिले बोलाएपछि हामी दुई जना बसेर मेहनत गर्‍यौँ । कामचलाउ प्रधानमन्त्री केपी ओलीजीको सिफारिसमा अन्तरिम सरकार बन्यो । तर संसद् विघटनमा सहमति भएको थिएन । राष्ट्रपतिले परिस्थितिको मूल्याङ्कन गरी प्रधानमन्त्री सुशीलाजीको सिफारिसमा संसद् विघटन भयो ।’प्रचण्डले तत्कालीन दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेको कारण देश दुर्घटनामा परेको जिकिर गरे । कांग्रेस र एमालेले सहन नसकेर जबर्जस्ती आफूलाई सत्ताबाट हटाएको आरोप दोहोर्‍याए ।राम्रो गर्दा गर्दै दुई ठुला दलहरूले सहन सकेनन् । सरकारबाट हटाए । संविधान मिचेर हटाएको छ । यसको परिणाम राम्रो हुँदैन भनेर मैले संसदमा बोलेको थिएँ । तर उनीहरूले सुनेनन्’, उनले भने ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति