जुरीखेत जिप दुर्घटना अपडेटः ६ जनाको मृत्यु

काठमाडौं, २० पुस । हेटौंडा जोड्ने छोटो राजमार्ग अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिकाको जुरीखेतमा भएको जिप दुर्घटनामा परी घाइते भएका मध्ये ६ जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी पुष्कर बोगटीका अनुसार मृतकहरूको पहिचान खुल्न सकेको छैन ।

काठमाडौंबाट हेटौंडा जाँदै गरेको ना १ ज १७७८ नम्बरको जिप आइतबार साँझ भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटना भएको थियो । जिपमा ९ जना सवार थिए । जिप सडकबाट करिब एकसय मिटर तल खोल्सामा खसेर दुर्घटना भएको उनले बताए । घटनास्थलबाट घाइते ९ जना घाइतेलाई उद्धार गरी प्रहरीले उपचारका लागि हेटौंडा पठाएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति