ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं, २० पुस । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । दुई नेताबीच आइतबार (आज) बिहान ललितपुरमा भेटघाट भएको प्रचण्डका सचिवालय सदस्य गोविन्द आचार्यले जानकारी दिए ।

“दुई नेताबीच ललितपुरमा भेटघाट भएको छ । समसामायिक राजनीतिक विषयमा कुराकानी भएको हो,” उनले भने । आचार्यका अनुसार, ओली र प्रचण्डले चुनावी तालमेलका विषयमा पनि छलफल गरेका थिए । “चुनावी तालमेलसहितका विषयमा पनि छलफल भएको छ,” आचार्यले भने । आउँदो माघ ११ गते राष्ट्रियसभा र फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदै छ । चुनावी गठबन्धनका विषयमा प्रमुख दलका शीर्ष नेताहरूबीच संवाद जारी रहेको नेताहरू बताउँछन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति