नेकपा संयोजक प्रचण्ड आज दिल्ली जाँदै

काठमाडौँ, २० पुस । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड आज दिल्ली जाँदैछन् ।नेकपा निकट प्रवासी नेपाली समाजको कार्यक्रममा सहभागी हुन आज दिउँसो दिल्ली जान लागेको उनको सचिवालयले जनाएको छ ।माओवादी केन्द्र र एकीकृत समाजवादी लगायत दलको एकता भएपछि भारतमा रहेका प्रवासी नेपाली संगठनहरुको एकता सन्देश सभालाई सम्बोधन गर्न उनी दिल्ली जान लागेका हुन् ।

दिल्ली भ्रमणमाका क्रममा औपचारिक रुपमा भारतीय अधिकारीहरूसँग भेटघाट गर्ने भने कार्यक्रम नरहेको सचिवालयले जनाएको छ । सचिवालयले भन्यो , दिल्ली भ्रमणका आइतबार गएर सोमबार फर्किने कार्यक्रम छ। दिल्लीमा भारतीय अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम छैन। नेपालमा चुनावी गतिविधि तीव्र भइरहेका बेला प्रचण्डको भारत भ्रमणलाई कतिपयले चासोपूर्वक हेरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति