यो वर्ष संसार हल्लाएका तीन झट्काः यरोपेली अर्थशास्त्रीको नजरमा

यो वर्ष अर्थात् सन् २०२५ खास रह्यो । २०औँ शताब्दीमा स्थापित विश्व व्यवस्थामा बाँकी रहेका खम्बाहरू पनि यसपटक ढले । साथै त्यहाँ भित्रको खोक्रोपना पनि उदाङ्गो भयो । यसका लागि केवल तीन झट्का नै काफी भए ।

पहिलो झट्का रुसले दियो । युक्रेनमा रुसले युरोपको संयुक्त नेतृत्वलाई नै पराजित गर्ने अवस्था सिर्जना गर्‍यो । गत चार वर्षदेखि युरोपेली संघ तथा ‘नेटो’ दोहोरो खेलमा त्यहाँ संलग्न थिए । एकातर्फ उनीहरूले युक्रेनको जितको बखान गरे तर त्यसमा लाग्ने खर्चमा भने पछि हटिरहे ।

अर्को तर्फ कहिल्यै अन्त्य नहुने स्वरूपको युद्धलाई लिएर आफ्ना घरेलु राजनीतिक एवं आर्थिक रोटी सेक्न पनि पछि परेनन् । युरोपमा बढ्दो अ–औद्योगीकरण रोक्ने नाममा सैन्य किन्सवादमा लागे ।

बजेटको सम्बन्धमा युरोपमा लागू भएका कडा नियमहरूले ‘हरित परियोजना’ तथा सामाजिक कल्याणका कार्यक्रममा धेरै खर्च गर्न असजिलो बनाएको छ । तर युक्रेन युद्धले युरोपेली सरकारहरूलाई हतियार र प्रतिरक्षा उद्योगका लागि भने ठुलो मात्रामा पैसा सापटी लिन तथा खर्च गर्न सजिलो बहाना दिएको छ ।

एक प्रकारको ‘मिलिटरी–इन्डष्ट्रियल कम्प्लेक्स’ ले काम गरेको छ । खासमा भन्ने हो भने लामो समय चल्न थालेको युद्धले युरोपको कमजोर अर्थतन्त्रलाई उद्वेलित बनाएको छस् त्यसका लागि किन्सले भनेझैँ खर्च गर्ने फरक तरिका प्राप्त भएको छ ।

त्यसले युरोपमा घातक अन्तर्विरोध सिर्जना गरेको छ । युक्रेन युद्ध शान्ति प्रक्रियामा पुगेर टुङ्गियो भने युरोपेली मुलुकहरूको खर्चको बहाना समाप्त हुनेवाला छ । तर खर्चको सान्दर्भिकता सिद्ध गर्नलाई आवश्यक पर्ने जीतका लागि भने धेरै ठुलो वित्तीय लगानी चाहिने देखिन्छ ।

साथै त्यस्तो कदम भू–रणनीतिक रूपमा जोखिमपूर्ण पनि छ । यसरी अहिले युरोप असाध्यै खराब रणनीतिमा थन्किन विवश छ । जस अनुसार युरोपले युद्धलाई केवल निरन्तर गर्न मात्रै पुग्ने सामाग्री पठाइरहेको छ । तर त्यसले युद्धको स्वरूप परिवर्तन गर्न भने सक्दैन ।

अहिले त युक्रेन युद्धमा रुस हाबी हुने पक्का जस्तै हुँदै गएको छ । अमेरिकी राष्ट्रपतिका कदमहरूले पनि त्यसैमा सघाएका छन् । युरोपेली संघको योजना भने धूलिसात् हुने अवस्था आएको छ । युरोपसँग शान्तिको अर्को कुनै योजना छैन । यसको रणनैतिक प्रस्तुति नै युद्धको निरन्तरताको पक्षमा देखिने खालको हुन पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति