काठमाडौँ १५ पुस । रास्वपाको समानुपातिक उम्मेदवारको सूचीमा किरण सुज म्यानुफ्याक्चर्सकी कार्यकारी निर्देशक विदुषी राणा र आइएमइ ग्रपका अध्यक्ष तथा व्यवसायी चन्द्र ढकालका छोरा सचिन ढकाल समेत रहेका छन् ।
किरण सुज म्यानुफ्याक्चर्सले चर्चित ब्रान्ड गोल्डस्टारको जुत्ताचप्पल उत्पादन गर्दै आएको छ ।
आगामी प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट राणा परेकी हुन् । उनी खस–आर्य महिलातर्फको सूचीमा छिन् ।
वि.सं. २०३० को दशकदेखि उत्पादन सुरु गरिएको हात्तीछाप चप्पल विगत ५० वर्षदेखि निरन्तर आफ्नै यात्रामा छ । कम्पनीको सस्तो, बलियो र भरपर्दो युनिक सेलिङ प्वाइन्ट (यूएसपी)अनुसार छोटो समयमै ब्रान्ड बन्न सफल यो उद्योग नुरप्रताप राणाले सुरु गरेका हुन् ।
नुरप्रतापले सुरु गरेको उद्योगलाई पछि छोरा आमिरले अगाडि बढाए । आमिर हाल कम्पनीको अध्यक्ष तथा प्रबन्ध निर्देशक छन् भने विदुषी कार्यकारी निर्देशक छिन् ।
प्रतिक्रिया