एमालेको समानुपातिक बन्दसूची – बादलदेखि कोमल ओलीसम्म

काठमाडौं, १४ पुस । नेकपा (एमाले) ले समानुपातिक बन्दसूचीमा पार्टीका पदाधिकारीदेखि युवाहरूलाई समेटेको छ । सोमबार (पुस १४) निर्वाचन आयोगमा सूची बुझाउने अन्तिम दिन एमालेले पार्टी उपाध्यक्ष रामबहादुर थापा बादलदेखि कोमल ओलीसम्मको नाम समावेश गरेको छ ।

बन्दसूचीमा तीन पुस्ताको समायोजन रहेको एमालेले जनाएको छ । पुरानो पुस्ताबाट बादल, गुरु बराल, डा. पुष्प कँडेल, महिलाहरूमा पद्मा अर्याल, टुका हमाल, निरु पाल, कोमल ओली, शान्ता चौधरी भूमिका लिम्बुलगायत छन् । पिछडिएको क्षेत्रबाट गोरख बोगटी, लालबहादुर महतारा, लालबहादुर रावललगायत आठजना छन् ।

अपांगता क्षेत्रबाट समावेश गरिएको छ । नयाँ पुस्ताबाट मीना बराम, मनकुमारी तितुङ, मायादेवी पोडेनी, निर्मल देउला, रामपुकार दास तत्म, सन्तबहादुर चेपाङ, इच्छा चौधरी लगायतका युवा र समावेशी छन् । क्रान्ति बुर्लाकोटी, अनिता कन्दङवा, निता घतानी लगायतका युवा र समावेशी छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति