वैकल्पिक शक्तिको सबैभन्दा ठूलो ध्रुवीकरण बनाउने अपेक्षा
काठमाडौं १४ पुस– वैकल्पिक शक्तिको बहुप्रचारित बृहत् एकतामा अन्ततः सफलता मिलेको छ। ऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ लाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति बनाउने सहमतिसँगै रवि लामिछाने, बालेन्द्र शाह (बालेन) र कुलमान आगामी फागुन २१ को निर्वाचनका लागि एक ठाउँमा उभिने भएका छन्।

सहमतिपत्रमा केहीबेरमा हस्ताक्षर हुने रास्वपाका उपसभापति डिपी अर्याल ले जानकारी दिएका छन्। “तीन जना मिलेर जाने सहमति भएको छ। स्रोतका अुनसार, घिसिङलाई पार्टीको उपसभापति बनाउनेगरी सहमति भएको हो ।
त्यस्तै, १८ जना समानुपातिकमा कुलमान घिसिङको टिमबाट समावेश हुने पनि सहमति भएको छ ।
पार्टी सभापति रवि र प्रधानमन्त्रीको उम्मेदवार बालेन हुनेगरी यसअघि नै सहमति भइसकेको थियो । उक्त सहमतिमा असन्तुष्ट देखिएका कुलमानसँग पटकपटक छलफल भएको थियो ।

सहमतिका मुख्य बुँदाहरू
- कुलमानको भूमिका : रास्वपामा उपसभापति पद।
- बालेन : यसअघिको सहमतिअनुसार निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्री उम्मेदवार।
- रवि लामिछाने : पार्टी सभापति।
- समानुपातिक बन्दसूची र प्रत्यक्ष उम्मेदवारीमा उज्यालो नेपाल पक्षको हिस्सा (विस्तृत प्रतिशत सार्वजनिक भएको छैन, तर यसअघि १५–३० प्रतिशतबीच विवाद थियो)।
- एउटै दल (रास्वपा) बाट समानुपातिक सूची बुझाएर अघि बढ्ने।
जेनजी अभियन्ताहरूको निर्णायक भूमिका
आइतबार रवि–बालेनबीच सातबुँदे सहमति हुँदा कुलमान छुटेका थिए। त्यसयता जेनजी अभियन्ताहरूले कुलमानलाई समेट्न सक्रिय मध्यस्थता गरेका थिए।
स्रोतका अनुसार सुदन गुरुङ लगायतका जेनजी अगुवाहरूले कुलमानलाई आफ्नै गाडीमा राखेर रवि र बालेनसँग वार्तास्थल पुर्याएका थिए। यसअघि कुलमानले सह-सभापति पद र ३० प्रतिशत हिस्सा मागेका थिए। रास्वपाले १५ प्रतिशतभन्दा बढी दिन नसक्ने र सह-सभापति होइन उपसभापति दिन सकिने प्रस्ताव गरेको थियो। कुलमानले यो प्रस्ताव स्वीकार गरेपछि सहमति जुटेको हो।
पृष्ठभूमि
यसअघि भागबन्डा र नेतृत्व सेयरिङमा कुरा नमिलेपछि वार्ता अनिर्णीत बनेको थियो। कुलमानको उपसभापति पद स्वीकारले उज्यालो नेपाल पार्टीको सम्मानजनक सहभागिता सुनिश्चित भएको छ।
यो सहमतिले रास्वपालाई युवा लोकप्रियता (बालेन), ऊर्जा क्षेत्रको जस (कुलमान) र रविको संगठनात्मक शक्तिसँग जोडेर वैकल्पिक शक्तिको सबैभन्दा ठूलो ध्रुवीकरण बनाउने अपेक्षा छ। फागुन २१ को निर्वाचनमा यो गठजोडले परम्परागत दलहरूलाई ठूलो चुनौती दिन सक्ने विश्लेषण गरिएको छ।
यस्तो छ सहमति:

प्रतिक्रिया