अशोक राईको पार्टी फुट्यो

काठमाडौं, १४ पुस । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी विभाजित भएको छ। सो पार्टीकी सह(अध्यक्ष रेणु यादवले जसपा नेपालसँग एकता गर्ने निर्णय गरेकी हुन्।

यादव र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आज संयुक्त विज्ञप्ति जारी गर्दै बहुमत केन्द्रीय सदस्यसहित जसपाले जसपा नेपालसँग पार्टी एकीकरण गरेको जानकारी दिएका छन्। हिजो मात्रै उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच पार्टी एकता गर्ने सहमति भएको थियो। अशोक राईले उपेन्द्र यादवसँग अलग भएर २०८१ वैशाख २३ गते जसपा गठन गरेका थिए। गएको मंसिर पहिलो साता मात्रै राई नेतृत्वको जसपाबाट राजेन्द्र श्रेष्ठ समूह बाहिरिएको थियो। श्रेष्ठ समूहले प्रचण्ड नेतृत्वको नेकपासँग एकता गरिसकेको छ। पूर्व एमाले नेता राई पछिल्लो समय राजनीतिमा एक्लिँदै गएका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति