समानुपातिक बन्दसूची बुझाउने आज अन्तिम दिन

काठमाडौं, १४ पुस । प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्ने म्याद आज सकिँदैछ। निर्वाचन आयोगको कार्यतालिकाअनुसार राजनीतिक दलहरुले आजसम्म आयोगमा बन्दसूची दर्ता गराइसक्नुपर्नेछ।आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आजसम्म बुझाइएका बन्दसूचीको पुस १५ देखि २० गतेसम्म प्रारम्भिक परीक्षण हुनेछ।

त्यसपछि देखिएका कमजोरी सच्याउन पुस २१ देखि २७ गतेसम्म दलहरुलाई समय दिइनेछ।सच्याइएका बन्दसूची पुस २८ देखि माघ ३ गतेसम्म पुनः परीक्षण गरिने आयोगले जनाएको छ। आयोगले माघ ४ गते बन्दसूची सार्वजनिक गर्ने तयारी गरेको छ भने माघ २० गते अन्तिम सूची प्रकाशन हुने प्रवक्ता भट्टराईले बताए।समानुपातिक निर्वाचनमा सहभागी हुन सय वटा राजनीतिक दलले ९३ चुनाव चिह्नसहित दर्ता गराएका छन्। आयोगका अनुसार आइतबार दिउँसोसम्म नेपाल मजदुर किसान पार्टीसहित तीन राजनीतिक दलले बन्दसूची बुझाइसकेका छन्। बाँकी दलले आज बुझाउने छन् । कानुनले व्यवस्था गरेको विभिन्न समुदाय तथा समूहको प्रतिनिधित्व सुनिश्चित हुने गरी दलहरुले बन्दसूची तयार गर्नुपर्ने प्रवक्ता भट्टराईले बताए। यसका लागि आयोगले राजनीतिक दलहरुलाई अभिमुखीकरणसमेत गराइसकेको जानकारी उनले दिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति