ओलीले तयार पारेको बन्दसूची एमाले बैठकबाट पारित, भोलि आयोग पठाउने

काठमाडौं, १३ पुस। नेकपा एमालेले समानुपातिकतर्फको बन्दसूची भोलि निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ ।आइतबार बसेको पार्टी सचिवालय बैठकले समयमै बन्दसूची निर्वाचन आयोगमा पठाउने निर्णय भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।‘बन्दसूचीलाई भोलि समयमै पठाउने कुराले विभिन्न जिल्लाबाट प्रदेशबाट जसरी सिफारिस भएको छ,’ भट्टले भने ।आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको बन्दसूचीलाई सुझावसहित पारित गरेको उनले बताए ।‘समानुपातिक भनेको संसद्मा व्यवस्थित ढंगले नीति निर्माणमा पठाउने हो । बन्दसूचीमा अध्यक्षले होमवर्क गरेर केही सुझावसहित पारित गरेको छ,’ उनले भने ।अध्यक्ष ओलीले आवश्यक ठानेमा उक्त सूचीमा केही करेक्सन हुनसक्ने पनि उनले बताएका छन् ।‘अध्यक्षले आवश्यक ठानेमा केही करेक्सन गरेर निर्वाचन आयोगमा दर्ता गर्न पठाउने भन्ने भएको छ,’ भट्टले भने

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति