काठमाडौं, १३ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन्द्र साहबीच राजनीतिक सहमति भएपछि रविका दाजुले काठमाडौंको मेयरमा स्वतन्त्र उठ्ने घोषणा गरेका छन् ।
सम्झौतापछिको रवि र बालेनको तस्बिर सार्वजनिक गर्दै रविका दाजु हरिशरण लामिछानेले सामाजिक सञ्जालमार्फत् यस्तो घोषणा गरेका हुन् । उनले महानगरपालिकाको भावी मेयर पदमा स्वतन्त्र उम्मेदवारीको प्रवल सम्भावना रहेको भन्दै फेसबुकमा उम्मेदवारी घोषणा गरेका हुन् ।लामिछानेले फेसबुकमा लेखेका छन्, ‘दुई भाइको सम्झौता प्रति सम्मान र खुशी व्यक्त गर्दै काठमाडौं महानगरपालिकाको भावी मेयर पदमा मेरो ‘स्वतन्त्र उम्मेदवारी’ रहने प्रवल सम्भावना रहेको जानकारी गराउदछु।’

प्रतिक्रिया